विद्यालयमा राखिएका क्वारेन्टाइनको विकल्प खोजिदै « Khabarhub

विद्यालयमा राखिएका क्वारेन्टाइनको विकल्प खोजिदै


२१ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- जिल्ला प्रशासन कार्यालय सुर्खेतले क्वारेन्टाइनको रूपमा प्रयोग गरिएका सरकारी तथा सामुदायिक विद्यालयहरूको विकल्प खोज्न थालेको छ।

प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीको अध्यक्षतामा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले कोरोना क्वारेन्टाइनका कारण बालबालिकाको पठनपाठनमा बाधा हुनेप्रति ध्यान दिँदै विकल्प खोज्न थालिएको कार्यालयका सूचना अधिकारी पदमलाल लामिछानेले बताए।

“बैठकले भारत, तेस्रो मुलुकलगायत अन्य जिल्लाबाट मानिस आउने क्रम केही कमी भएपनि हालसम्म नरोकिएको र कोरोनाको सङ्क्रमणसमेत नियन्त्रणमा आउन नसकेकाले उच्च सावधानी अपनाउनुपर्नेमा जोड दिएको छ”, उनले भने, “मूलतः सुरक्षा व्यवस्थामा सहजता ल्याउन र विद्यालयमा रहेका क्वारेन्टाइनलाई पालिकास्तरमा एकीकृतरूपमा सञ्चालन गर्ने व्यवस्था मिलाउनेतर्फ जोड दिइएको छ।”

क्वारेन्टाइनमा बस्नेहरूको सङ्ख्या क्रमशः घट्दै गइरहेकाले सम्भव भएसम्म अन्य भवनको प्रयोग गरी विद्यालयमा पठनपाठन निरन्तरता दिन वातावरण मिलाउँदै जाने निर्णय गरिएको लामिछानेले बताए।

सुर्खेतका आधारभूत विद्यालयदेखि विश्वविद्यालय गरेर १७५ शैक्षिक संस्थामा क्वारेन्टाइन सञ्चालनमा छन्। भारतबाट आएका यस जिल्लाका १४ हजार ८१९ जना मध्ये ती क्वारेन्टाइनहरूमा १२ हजार ८७० नागरिक बसेका छन्।

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  १० : ५७ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको