बन्चरो प्रहार गरेर एकजनाको हत्या « Khabarhub

बन्चरो प्रहार गरेर एकजनाको हत्या


२१ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर । सुदूरपश्चिम कञ्चनपुरमा शनिबार राति भएको हत्याको घटनाका दोषी खोजी गर्न तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली खटाइएको छ ।

जिल्लाको पुनर्वास नगरपालिका–५ का ५० वर्षीय गोपाल कुवँरको राति ११ बजेतिर हत्या भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) अमर थापाले बताए । उनका अनुसार सोही ठाउँका ४० वर्षीय गौरव खड्काले बन्चरो प्रहार गरेर हत्या गरेको आरोप छ ।

घटनापछि गौरव बेपत्ता रहेको र हत्या गर्नुको कारण थाहा हुन नसकेको उनले बताए । शव परीक्षणका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल पुर्‍याइएको छ ।

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  २ : ४२ बजे

सर्लाहीमा अत्यधिक गर्मीले सर्पको बिगबिगी

सर्लाही– सर्लाहीमा अत्यधिक गर्मी बढेपछि सर्पको बिगबिगी भएको छ ।

बेलायतको क्याम्ब्रिजमा नेपाली काव्य यात्रा सम्पन्न

लन्डन– बेलायतको क्याम्ब्रिज सहरमा नेपाली काव्य यात्रा सम्पन्न भएको छ

ट्राफिक कारबाहीमा एकैदिन पाँच लाख बढी राजस्व असुली

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन एक हजार ८१३ सवारीचालकलाई सवारी

जोखिममा परेका बालबालिकालाई सहयोग

कालीकोट– कालीकोटको तिलागुफा नगरपालिकाले जोखिममा परेका बालबालिकालाई खाद्यान्न तथा शैक्षिक

चितवनमा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु

चितवन– चितवनको भरतपुर महानगरपालिका–२३ बेलहट्टामा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु भएको