दिल्लीमा खुल्यो ‘विश्वकै ठूलो’ कोरोना संक्रमितका लागि स्याहार गृह « Khabarhub

दिल्लीमा खुल्यो ‘विश्वकै ठूलो’ कोरोना संक्रमितका लागि स्याहार गृह


२२ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतको राजधानी दिल्लीमा १० हजार शय्या रहेको कोरोनाभाइरस स्याहार गृह उद्घाटन गरिएको छ ।

उक्त स्याहार गृहमा सामान्य लक्षण भएका तथा कोभिड-१९ पोजेटिभ भए पनि कुनै लक्षण नदेखिएकाहरूको उपचार गरिने बताइएको छ ।

२० वटा फुटबल मैदानजत्रो आकारको उक्त स्याहार गृहलाई स्थानीय सञ्चारमाध्यमहरूले विश्वकै सबैभन्दा ठूलो कोरोनाभाइरस केन्द्रका रूपमा व्याख्या गरिरहेका छन् ।

दिल्ली भारतको सबैभन्दा प्रभावित क्षेत्रमध्ये एक हो ।

भारतमा हालसम्म कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १९ हजार ७०० पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ४२१ जनाको मृत्यु भएको छ २३ हजार ९३२ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ६ लाख ९७ हजार ८३६ पुगेको छ ।

एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण देखिएको भारतमा संक्रमितमध्ये ४ लाख २४ हजार ८९१२ जना संक्रमणमुक्त भएका छन् ।

विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमित हुने मुलुकको सूचीमा भारत तेस्रो स्थानमा पुगेको छ । सबैभन्दा बढी प्रभावित अमेरिका छ भने त्यसपछि ब्राजिल प्रभावित मुलुकको रुपमा रहेको छ ।

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  ७ : ४७ बजे

अब दुई दिनभित्रै राहदानी उपलब्ध गराइने

काठमाडौं– राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने भएको

नेयमारको घुँडाको शल्यक्रिया : के विश्वकप खेल्न सम्भव छ ?

काठमाडौं – ब्राजिलियन स्टार स्ट्राइकर नेयमारले घुँडाको शल्यक्रिया गराएका छन्।

केन्द्रीय कारागारबाट फरार कैदीबन्दी पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वन्यजन्तुको आखेटोपहार ओसारपसार मुद्दामा

सरकारले आज रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै

काठमाडौं– सरकारले आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी

आजको मौसम : तराईका भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल