भारतमा ८ प्रहरीको हत्या गर्ने दुबे नेपाल भागेको हुन सक्ने आशंका « Khabarhub

भारतमा ८ प्रहरीको हत्या गर्ने दुबे नेपाल भागेको हुन सक्ने आशंका


२२ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- भारतको कानपुरमा आठ प्रहरीको हत्या गर्ने विकास दुवे नेपालतिर भागेको हुन सक्ने भन्दै भारतीय प्रहरीले खोजबिन तीव्र पारेको छ ।

घटनाको चारदिन बितिसक्दा पनि फरार रहेका दुवेलाई खोज्न जुटेको प्रहरी टोलीले दुवे नेपालतिर भागेको हुनसक्ने आशंका गरेको हो ।

प्रहरीले उसको सूचना दिनेलाई एक लाख भारु पुरस्कार दिने घोषणा गरेको छ । दुबेलाई पक्राउ गर्नका लागि धरपकड जारी छ ।

प्रहरीले बाटोमा हिँड्ने मानिसलाई दुबेको पोस्टर देखाउँदै यसलाई कतै देख्नुभएको छ भन्दै सोधिरहेको छ ।

दुबेलाई खोज्नका लागि एसटीएफका २० टोली र तीन हजारभन्दा बढी प्रहरी खटाइएको छ ।

नेपालतिर भाग्ने आशंका गरिएकाले सीमावर्ती सात जिल्लामा विशेष अलर्ट जारी गरिएको छ ।

विकासको परिवारका सदस्य अनि निकटवर्ती लगभग ५०० मानिसको मोबाइल फोनलाई प्रहरीले निगरानीमा राखेको छ ।

उसलाई सूचना दिने प्रहरीहरूमाथि पनि निगरानी राखिएको छ । ऊ र उसका साथीहरूलाई पक्राउ गर्नका लागि उत्तर प्रदेशका सबै ७५ जिल्लामा अलर्ट जारी गरिएको छ ।

विकास दुबेलाई शुक्रबार पक्राउ गर्न गएका प्रहरीमाथि गोली चलाउँदा आठ प्रहरीको मृत्यु भएको हो । उसलाई पक्राउ गर्न आउने सूचना पनि प्रहरीले नै दिएको पत्ता लागेपछि सूचना दिने प्रहरीको खोजी भइरहेको छ ।

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  २ : १६ बजे

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

काठमाडौं – प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल फागुन ४ गते सोमबार फागुन

आज २०८२ साल फागुन ४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन ४ गते सोमबार फागुन

भारतीय बलरविरुद्ध चलेन पाकिस्तानी ब्याटिङ, ६१ रनले पराजित

काठमाडौँ – आईसीसी टी–२० विश्वकप अन्तर्गत भारतविरुद्ध जवाफी ब्याटिङ गरिरहेको