भारतमा सर्वाधिक खोजीको सूचीमा रहेका विकास दुबे पक्राउ | Khabarhub Khabarhub

भारतमा सर्वाधिक खोजीको सूचीमा रहेका विकास दुबे पक्राउ


२५ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतमा सर्वाधिक खोजीको सूचीमा रहेका ग्याङस्टर विकास दुबे पक्राउ परेका छन् । गत साता आठ सुरक्षाकर्मी मारिएको घटनामा संलग्न भएको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

गत शुक्रवार उत्तर प्रदेशको कानपुरमा दुबेले नेतृत्व गरेको एउटा आपराधिक समूहलाई पक्राउ गर्न जाँदा ८ प्रहरी मारिएका थिए ।

उक्त हमलापछि दुबे भारतीय प्रहरीको सर्वाधिक खोजी सूचीमा रहेका थिए । एक सातादेखि फरार रहेका उनलाई मध्यप्रदेशको एक मन्दिरबाट प्रक्राउ गरिएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

भारतीय सञ्चार माध्यमले उनी नेपाल छिरेको हुनसक्ने आँकलन गरेका थिए । प्रहरीले बुधवार दुबेका केही सहयोगीलाई पक्राउ गरेको थियो भने केही मारिएका थिए ।

दुबेमाथि हत्या, अपहरण र फिरौती उठाउने घटनामा सङ्लग्न भएको आरोप छ । उनीमाथि ६० वटाभन्दा बढी अभियोग छन् ।

यसअघि दुबे पक्राउ परे पनि राजनीतिक शक्तिका आडमा छुट्ने गरेका थिए ।

प्रकाशित मिति : २५ असार २०७७, बिहीबार  ३ : ४६ बजे

नेदरल्याण्ड्ससँग नेपाल तेस्रो सुपर ओभरमा पराजित

काठमाडौं – स्कटल्यान्डमा जारी टी–२०अन्तरराष्ट्रिय त्रिकोणात्मक सिरिज अन्तरगतको खेलमा नेपाल

नेपाल र नेदरल्याण्ड्सबीच दोस्रो सुपर ओभरमा पनि बराबरी

काठमाडौं – स्कटल्यान्डमा जारी टी–२०अन्तरराष्ट्रिय त्रिकोणात्मक सिरिजमा नेपाल र नेदरल्याण्ड्सबीचको

नेपाल र नेदरल्यान्ड्सबीचको खेल सुपरओभरमा

काठमाडौं – स्कटल्यान्डमा जारी टी-२० अन्तरराष्ट्रिय त्रिकोणात्मक सिरिजअन्तर्गत नेपाल र

प्रधानमन्त्री ओलीको स्पेन भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणलाई मन्त्रिपरिषद् बैठकले

मलामी गएका किशोरको डुबेर मृत्यु

दैलेख – मलामी गएका गुराँस गाउँपालिका–४ रिठाका ११ वर्षीय कमल