अमेरिकामा दुई दिनमा १ लाख २१ हजार संक्रमित « Khabarhub

अमेरिकामा दुई दिनमा १ लाख २१ हजार संक्रमित


२६ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ६ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा दुई १ लाख २१ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

यो समाचार तयार पार्दा पछिल्लो २४ घण्टामा मात्रै ६१ हजार ६३ जना संक्रमित भएका छन् ।

यसअघि विहीबार पनि त्यहाँ ६१ हजार ८४८ जना संक्रमित भएका थिए । दैनिक ६० हजारभन्दा बढी संक्रमित थपिदै गएपछि अमेरिकामा संक्रमण हुनेको संख्या ३२ लाख नाघेको छ ।

यो समाचार तयार पार्दासम्म कुल संक्रमितको संख्या ३२ लाख १९ हजार ९९५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ९४६ जनाको मृत्यु भएपछि कोरोना संक्रमणकै कारण अमेरिकामा मृत्यु हुनेको संख्या १ लाख ३५ हजार ८०८ जनाको मृत्यु भएको छ ।

कुल संक्रमितमध्ये १४ लाख २६ हजार ४२८ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका १६ लाख ५७ हजार ७५९ जनामध्ये १५ हजार ६४५ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार  ७ : ०३ बजे

सात हजार कुखुराको ‘पोष्टमार्टम’ : १० रोग पहिचान

चितवन– चितवनमा रहेको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले एक वर्षमा

धुर्मुस-सुन्तलीजस्तै नयाँ नेतृत्व पनि पलायन हुनुपर्ने अवस्था आउन सक्छ: शङ्कर पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले स्पष्ट योजना र

नेपालमा १६८ प्रजातिका लामखुट्टे, कीटजन्य रोगको जोखिम बढ्दो

काठमाडौँ– विश्व लामखुट्टे दिवस नेपालमा ‘सानो टोकाइ, ठूलो चुनौती’ भन्ने

बुवाको निधनपछि मेसीको पहिलो गोल, इन्टर मियमी र फिलाडेल्फियाले खेले बराबरी

काठमाडौँ – स्टार फुटबलर लियोनेल मेसीले आफ्ना पिताको निधनपछिको पहिलो

कुकुर राख्ने ‘होस्टेल’ (तस्बिर)

बागलुङ– घरपालुवा कुकुरलाई छोड्नु, अनियन्त्रित प्रजननलगायत कारणले बजारका गल्ली–गल्लीमा बेवारिसे,