चिया निकासीमा सकस, नाका परिवर्तन गर्दा भन्सार खर्चिलो « Khabarhub

चिया निकासीमा सकस, नाका परिवर्तन गर्दा भन्सार खर्चिलो


२६ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम- कोरोनाको कारण अन्तर्राष्ट्रिय बजारबाट चिया खरिदका लागि माग नआउँदा चिया निकासीमा समस्या देखिएको छ । नेपालमा उत्पादन हुने चियाको ठूलो हिस्सा विदेश निर्यात हुने गरेपनि यस पटक भने ‘स्वचालित’ ढङ्गले चिया निकासी हुन सकेको छैन ।

चैतको शुरुआतदेखि नै अन्तर्राष्ट्रिय बजारका लागि ठूलो परिमाणमा चियाको माग आउँथ्यो । त्यसपछि उद्योगीले चियाको ‘सिम्बोल’ पठाउँथे र चिया निकासी शुरु हुन्थ्यो ।

तर, यस वर्ष भने असार मसान्त हुन लाग्दासमेत चिया पठाउन सकस परेको छ । भारतबाट निकासी हुने चियामा समस्या हटे पनि नेपालकै अन्तर्राष्ट्रिय विनास्थलबाट पठाउने चियामा भने समस्या रहेको चिया उद्योगी शरद सुब्बा बताउँछन् ।

‘हामी चीनलगायत तेस्रो मुलुकमा तयारी चिया पठाउँछौँ । तर, यो वर्ष अन्तर्राष्ट्रिय ठप्प हुँदा अझैसम्म पनि पठाउन सकिएको छैन,’ सुब्बाले भने, ‘एक ठाउँमा सिम्बोल पठाए पनि कोरोनाका कारण चिया पठाउन भने सकेको छैन ।’

त्यसो त चिया निकासीमा उद्यमीले सधैँ झन्झट खेप्नु नै पर्छ । कहिले भारतले नाका बन्द गर्दा त कहिले अन्तर्राष्ट्रिय बजारबाट माग नआउँदा, चिया निकासीमा समस्या पर्छ । यस वर्ष पनि भारतले काँकडभिट्टा नाका केही दिन बन्द गर्दा उद्योगीले समस्या भोग्नु पर्‍यो ।

अहिले भारतले नाका खोलेको भए पनि अन्तर्राष्ट्रिय बजारबाट माग आएको छैन । भारतको मुख्य बजार नयाँ कलकत्तामै कोरोना सङ्क्रमण बढेपछि अहिले चिया जान रोक लागेको अर्का उद्योगी तथा बिक्रेता गोपाल कट्टेल बताउँछन् । ‘मैले त अस्तीको दिनमात्र यो सालको पहिलो चिया पठाए’, कट्टेलले भने ।

सिजनकै समयमा कोरोना महामारी आइलागेपछि धेरैजसो उद्योगीले चिया पठाउन अझै पनि सकेनन् । चिया निकासी गर्न भन्सारमा समेत धेरै प्रक्रिया पुर्‍याउनु पर्नाले पनि सकस भएको देखिन्छ ।

यता, अर्का उद्योगी उदय चापागाईं भने निकासी खुले पनि अन्तर्राष्ट्रिय बजार पुर्‍याउन समस्या पर्ने गरेको बताउँछन् । ‘एकचोटिको चिया चाहिँ गइसक्यो । लकडाउनकै समयमा भारतले चिया भन्सारमै रोकिदिएपछि पनि जान ढिला भयो,’ चापागाईंले भने, ‘तर, अहिले अवस्था सामान्य भइसक्यो ।’

नाका परिवर्तन गर्दा भन्सार खर्चिलो

अन्तर्राष्ट्रिय बजारमा काँकडभिट्टा हुँदै चिया जाने गरे पनि अहिले जोगमनी नाकाबाट निकासी हुने गरेको छ । नाका परिवर्तन गरेर चिया लानु परेकाले भन्सारमा बुझाउने रकम भने खर्चिलो हुने गरेको उद्योगीको गुनासो छ ।

नाका परिवर्तन गरेपछि पहिलेको भन्दा रु ७० हजार हाराहारीमा खर्च बढी आउने गरेको सूर्योदय टी प्रोडक्सन एशोसिएशनका सचिव गोपाल कट्टेलले जानकारी दिए ।

यता, केन्द्रीय चिया सहकारी सङ्घका महासचिव रविन राई बन्दाबन्दीका कारण पहिलो सिजनमा करिब ६० किलो चिया घाटा लागेको बरारबरको घाटा भएको बताउँछन् । बन्दाबन्दीले चिया उत्पादित जिल्लामध्ये तराई क्षेत्रका जिल्लामा चियामा बढी घाटा ब्यहोर्नुपरेको महासचिव राईको भनाइ छ ।

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार  १० : ४३ बजे

‘लालीबजार’को पक्षमा उच्च अदालतको आदेश, शुक्रबारदेखि हलमा लाग्ने

काठमाडौं– उच्च अदालत पाटनको आदेशपछि विवादित चलचित्र ‘लालीबजार’को प्रदर्शनका लागि

सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन

काठमाडौं– बालेन्द्र शाह नेतृत्वको सरकारले निजामती तथा स्वास्थ्य सेवाका कर्मचारीहरूका

कांग्रेसले प्रदेश र स्थानीय तह केन्द्रित भेला आयोजना गर्ने  

काठमाडौं– नेपाली कांग्रेसले सातै प्रदेशमा प्रदेश र स्थानीय तह केन्द्रित

एघार जना सहसचिवको सरुवा

काठमाडौं– सरकारले ११ जना सहसचिवको सरुवा गरेको छ । सोमबार

मधेस सरकारबाट जनमत पार्टीको समर्थन फिर्ता

महेन्द्रनगर– जनमत पार्टीले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको