भोजेगाउँका ११ घर पहिराको उच्च जोखिममा « Khabarhub

भोजेगाउँका ११ घर पहिराको उच्च जोखिममा


२६ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – पहाडी जिल्ला लमजुङको क्ह्वोलासोथर गाउँपालिका –७ स्थित भोजेगाउँका ११ घर पहिराको उच्च जोखिममा छन् । बुधबारदेखि परेको अविरल वर्षाले आज बिहान पहिरो जान थालेपछि बस्तीका घर जोखिममा परेको वडा सचिव तक्मा विकले बताए ।

उनका अनुसार भोजेगाउँका गमबहादुर कामीको घरको पिंँढी र आँगन भत्किएको छ । सोही घरसँग जोडिएको गोमा विकको आँगन पनि भासिएको तथा उनको तल रहेको डल्ले कामीको घर पुरिने सम्भावना रहेको वडा सचिव विकको भनाइ छ ।

यसै गरी कालो सार्कीको घरको पिंँढी नै भासिएको छ । उनीहरुलगायत गाउँका अन्य घर उच्च जोखिममा रहेकाले अन्यत्र स्थानान्तरण गर्ने तयारी भइरहेको जनाइएको छ ।

गाउँमा भोंजे पहिराले जोखिममा पार्दै आए पनि यस वर्ष भने घरनिर नै पहिरो गएपछि थप चिन्तामा स्थानीयवासी छन् । विसं २०४६ देखि जान थालेको भोजे पहिरो हालसम्म पनि निरन्तर गइरहेको छ । उनका अनुसार उक्त पहिरोभन्दा पनि अहिले गाउँको घरनेर नै पहिरो गएपछि समस्या आएको छ ।

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार  ११ : ४५ बजे

गृहमन्त्री सुधनले संसदमा भने ‘धेरै भयो मैले सहेको’

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले संसदमा विपक्षीप्रति आक्रोशित हुँदै आफूले धेरै

गृहमन्त्रीको प्रश्न- स्थानीय सरकार कसको र ह्वील लक कसले लगायो ? 

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले गणेश नेपालीको आत्मदाहको विषयलाई लिएर विपक्षीले विरोध

नेप्से परिसूचक झिनो अङ्कले घट्यो

काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले

आत्मदाहको कुरा उठाउने विपक्षी सांसदमाथि खनिए गृहमन्त्री

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले गणेश नेपालीको आत्मदाहको विषयलाई लिएर विरोध

युद्ध-विराम प्रयासको बावजुत गाजामा इजरायली आक्रमण जारी पछिल्लो आक्रमणमा छ जनाको मृत्यु

गाजा– अमेरिकी मध्यस्थतामा गरिएको ‘युद्धविराम’ प्रयासको को बाबजुद गाजामा भएको पछिल्लो