प्रदेश २ को बजेट बहुमतबाट पारित « Khabarhub

प्रदेश २ को बजेट बहुमतबाट पारित


२९ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- प्रदेश २ सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि ल्याएको बजेट बहुमतबाट पारित भएको छ । मत विभाजन प्रक्रियामार्फत् एक महिनापछि बजेट पारित भएको हो ।

यसअघि सर्वसम्मतले पारित हुँदै आएको प्रदेश २ को बजेट यसपटक भने मत विभाजन प्रक्रियाबाट बहुमतले पारित भएको हो ।

गत असार १ गते प्रदेश सरकारले रु ३३ अर्ब ५६ करोड ९ लाख ८९ हजारको बजेट प्रस्तुत गरेको थियो । बजेटमा अनुत्पादक खर्च बढी राखिएको भन्दै प्रतिपक्षी दलले पारित गराउन साथ दिएका थिएनन् ।

सर्वसम्मतले बजेट पारित नभएपछि मत विभाजन अर्थात् पारितको पक्षमा र विपक्षमा रहेका सांसदलाई सभामुख सरोज यादवले उभिन लगाएका थिए ।
प्रदेशका कुल १ सय ७ सांसदहरुमध्ये प्रदेश सभाको बैठकमा उपस्थित ८० जनामध्ये ४८ जना बजेटको पक्षमा र अन्य विपक्षमा उभिएका थिए ।

प्रदेश २ सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ल्याएको रु ३३ अर्ब ५६ करोड ९ लाख ८९ हजारको बजेट चालु आर्थिक वर्ष २०७६/७७ भन्दा ५ अर्ब १६ करोड ९० लाख कम हो ।

चालु आर्थिक वर्षमा प्रदेश २ सरकारले रु ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजारको बजेट ल्याएको थियो । जसमा चालुतर्फ रु १९ अर्ब ११ करोड, ९७ लाख ३८ हजार र पुँजीगततर्फ रु १९ अर्ब २६ करोड, ५४ लाख ६४ हजार राखिएको थियो ।

तर बजेटमाथिको छलफलमा सहभागी हुँदै प्रतिपक्षीले कोरोना महामारीको समयमा पनि सरकारले अनुत्पादक शीर्षकमा बढी बजेट राखेको र मन्त्रीहरुले आफ्नो क्षेत्रमा बढी बजेट लगेको भन्दै विपक्षीले विरोध जनाएका थिए ।

प्रकाशित मिति : २९ असार २०७७, सोमबार  १२ : ४० बजे

‘ओली दुईतिहाइको घमण्डले डुबे, बालेनलाई पनि सम्झाउनुपर्ने भयो’

२१ फागुनमा भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले जबरजस्त जनमत प्राप्त

रुसले युद्धविराम उल्लङ्घन गरेको युक्रेनको आरोप

एजेन्सी– रुसले युक्रेनले प्रस्ताव गरेको एकपक्षीय युद्धविरामलाई उल्लङ्घन गर्दै रातभरि

‘सिआरसी प्रतिवेदन अघि बढाउन मन्त्रालय प्रतिबद्ध छ’

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता वादीले बाल अधिकारसम्बन्धी

दुईतिहाइको नेकपा र ओली सम्झिँदै गगनले बालेनलाई भने : बहुमत छ भन्दैमा जे पनि गर्न पाइँदैन

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जनादेशलाई सम्मान गर्दै राष्ट्रिय

कीर्तिपुरमा दिनदहाडै धारिलो हतियारबाट युवकको हत्या

काठमाडौं–  काठमाडौंको कीर्तिपुर नगरपालिका–१० बोडेटोलमा धारिलो हतियार प्रयोग गरी आज