भारतमा एकै दिन अहिलेसम्मकै धेरै ३२ हजारभन्दा बढीमा कोरोना संक्रमण | Khabarhub Khabarhub

भारतमा एकै दिन अहिलेसम्मकै धेरै ३२ हजारभन्दा बढीमा कोरोना संक्रमण


१ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतमा एकै दिन कोरोना संक्रमण देखिनेको संख्याले नयाँ रेकर्ड कायम गरेको छ ।

कोरोना भाइरसको संक्रमणले एकै दिन त्यहाँ ३२ हजार ६८२ संक्रमित भएका छन् । यो भारतमा एकै दिन संक्रमित हुनेको अहिलेसम्मकै धेरै संख्या हो ।

संक्रमण फैलिएको ६ महिनाभन्दा बढीको यो समयमा भारतमा संक्रमितको संख्या ९ लाख ७० हजार १६९ पुगेको छ । यो संख्या विश्वकै तेस्रो धेरै हो भने एसियामा सबैभन्दा बढी हो ।

अहिलेसम्म संक्रमितमध्ये ६ लाख १३ हजार ७३५ जना संक्रमणमुक्त भएका छन् भने ३ लाख ३१ हजार ५०५ जनाको उपचार भइरहेको छ ।

कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा ६१४ जनाको मृत्यु भएपछि बिहीबार विहानसम्म ज्यान गुमाउनेको २४ हजार ९२९ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रकाशित मिति : १ श्रावण २०७७, बिहीबार  ५ : ३५ बजे

अब लाङटाङ क्यान्जिन पदमार्गमा फोरजी सेवा

काठमाडौं– नेपाल टेलिकमले लाङटाङ क्यान्जिन पदमार्गमा फोरजी मोबाइल सेवा सञ्चालनमा

रारासम्म पर्यटन बस सञ्चालनसम्बन्धी अध्ययन गर्न गएको टोली फर्कियो

सुर्खेत– काठमाडौँदेखि रारा तालसम्म नियमित पर्यटन बस सेवा सञ्चालनका सम्भावनाबारे

जब प्रहरीले बरामद गरेको चरेस अदालत पुर्‍याउँदा इँटा-ढुंगामा परिणत भयो

पटना- नेपालमा पनि बेला बेला बरामद भएको सुनलाई प्रहरीले अदालत

भारतको मोतीहारीबाट पक्राउ परेका खलिस्तानी विद्रोहीको के छ नेपाल कनेक्सन ?

काठमाडौं – भारतको बिहारस्थित मोतीहारीबाट भारतीय केन्द्रीय जाँच एजेन्सी (एनआईए)

नेप्सेको पुनर्संंरचना : सीईओ चापागाईंले चपाउन सक्लान् ‘फलामे च्युरा’ ?

काठमाडौं – वि.सं. २०७८ सालमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख