भारतमा एकै दिन अहिलेसम्मकै धेरै ३२ हजारभन्दा बढीमा कोरोना संक्रमण « Khabarhub

भारतमा एकै दिन अहिलेसम्मकै धेरै ३२ हजारभन्दा बढीमा कोरोना संक्रमण


१ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतमा एकै दिन कोरोना संक्रमण देखिनेको संख्याले नयाँ रेकर्ड कायम गरेको छ ।

कोरोना भाइरसको संक्रमणले एकै दिन त्यहाँ ३२ हजार ६८२ संक्रमित भएका छन् । यो भारतमा एकै दिन संक्रमित हुनेको अहिलेसम्मकै धेरै संख्या हो ।

संक्रमण फैलिएको ६ महिनाभन्दा बढीको यो समयमा भारतमा संक्रमितको संख्या ९ लाख ७० हजार १६९ पुगेको छ । यो संख्या विश्वकै तेस्रो धेरै हो भने एसियामा सबैभन्दा बढी हो ।

अहिलेसम्म संक्रमितमध्ये ६ लाख १३ हजार ७३५ जना संक्रमणमुक्त भएका छन् भने ३ लाख ३१ हजार ५०५ जनाको उपचार भइरहेको छ ।

कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा ६१४ जनाको मृत्यु भएपछि बिहीबार विहानसम्म ज्यान गुमाउनेको २४ हजार ९२९ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रकाशित मिति : १ श्रावण २०७७, बिहीबार  ५ : ३५ बजे

आज साउन १५, नेपाली समाजमा खीर खाने चलन

काठमाडौँ– आज साउन पन्ध्र अर्थात् खीर खाने दिन । परापूर्वकालदेखि

हिमपहिरोमा पर्नुअघि ब्रोड पिकको ५,८९१ मिटरमा देखिएको थियो निर्मल पुर्जाको लोकेशन

काठमाडौँ– पाकिस्तानको ८,०४७ मिटर अग्लो ब्रोड पिकमा आएको हिमपहिरोपछि सम्पर्कविहीन

कप्तानगञ्ज घटनामा पीडित परिवारसँगको सहमतिप्रति सरकार पूर्ण प्रतिवद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले सरकार सत्य, न्याय, कानुनी शासन र

धनुषामा बिहान ८ बजेसम्म लागि कर्फ्यु खुकुलो

जनकपुरधाम– जिल्ला प्रशासन कार्यालय धनुषाले जिल्लामा बिहीबार जारी गरेको कर्फ्यु

पाकिस्तानी ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० आरोही बेपत्ता

काठमाडौं– प्रसिद्ध पर्वतारोही निर्मल पुर्जा पाकिस्तानको ब्रोड पिक हिमालमा आएको