चीनले पनि लगायो अमेरिकी अधिकारीमाथि प्रतिबन्ध, अमेरिकाको प्रतिबन्धबाट नडराउने धम्की ! « Khabarhub

चीनले पनि लगायो अमेरिकी अधिकारीमाथि प्रतिबन्ध, अमेरिकाको प्रतिबन्धबाट नडराउने धम्की !


१ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- चीन र अमेरिकाबीच दुश्मनी बढिरहँदा चीनले पनि केही अमेरिकी उच्च अधिकारीहरुमाथि प्रतिबन्ध लगाएको छ ।

आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै चीनले अमेरिकी विधायक टेड क्रुज, मार्को रुबियो, इन्टरनेश्नल रिलिजियस फ्रिडमका लागि अमेरिकी प्रतिनिधि स्यामुल ब्राउनब्याकसहित अरु केही अधिकारीहरुलाई चीनले प्रवेश गर्न नदिने भएको हो ।

चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुनयिङले सोमबार पत्रकारहरुमाझ यसबारे जानकारी दिएकी हुन् । उनले विज्ञप्ति जारी गर्दै अमेरिकालाई चिनियाँ आन्तरिक मामिलामा हस्तक्षेप गर्ने हक नभएको प्रतिक्रिया दिएकी थिइन् ।

अमेरिकाले पनि यसअघि चिनियाँ नेताहरुमाथि प्रतिबन्ध लगाएको थियो । चीनले त्यसको प्रतिक्रियाको रुपमा अमेरिकी अधिकारीहरुलाई रोक लगाएको हो । चीनमा मुस्लिम समुदायको बारेमा तथा तिब्बतको बारेमा अमेरिकाले बारम्बार मुद्दा उठाउने गरेको छ । चीनले भने ती सबै चीनको आन्तरिक मामिला भएको भन्दै चासो नराख्न चेतावनी दिने गरेको छ ।

पछिल्लो समय चीन र अमेरिकाबीच ताइवान र हङकङको विषयलाई लिएर तनाब बढेको हो । अमेरिकाले हङकङमा चीनले लागु गरेको सुरक्षा कानुनको विरोध जनाउँदै आएको छ । यसवाहेक कोरोनाभाइरसका कारण पनि अमेरिका र चीनबीच तनाब कायम छ ।

चीनले साउथ चाइना सीमा अमेरिकाको कुनै पनि प्रतिबन्धबाट नडराउने जनाएको छ । अमेरिकाले साउथ चाइना सी र यस क्षेत्रमा अस्थिरता र समस्या सिर्जना गरेको आरोप लगाउँदै चीनले कुनै पनि प्रतिबन्धसँग नडराउने जनाएको हो ।

चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुआ चुङयिङले प्रेस ब्रिफिङका क्रममा भनिन्, “अमेरिका थप गलत बाटोमा जाने छैन भन्‍नेमा चीन आशावादी छ ।” पूर्वी एसियाका वरिष्ठ कूटनीतिज्ञले चिनियाँ अधिकारीहरु र कम्पनीहरुमाथि प्रतिबन्ध लगाउने चतावनी दिएपछि चीनले यस्तो प्रतिक्रिया दिएको हो ।

यसअघि अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले चीनको साउथ चाइन सीमा तटीय स्रोतहरुको खोजी गर्ने क्रियाकलाप ‘पूर्णरुपमा अवैधानिक’ भएको बताएका थिए । उनले बेइजिङको विवादित जलस्रोतमा ‘नियन्त्रका लागि बुलिङ अभियान’ सञ्‍चालन गरेको भन्दै आलोचनासमेत गरेका थिए ।

अमेरिकी विदेशमन्त्रीको यस्तो अभिव्यक्तिपछि चिनियाँ सरकारी सञ्‍चारमाध्यम ग्लोबल टाइम्सले अमेरिका साउथ चाइन सीमा स्थिरताका लागि सबभन्दा ठूलो खतरा भएको र सबैभन्दा ठूलो ‘म्यानिपुलेटर’ भएको जनाएको थियो ।

ग्लोबल टाइम्सले एक विश्लेषकलाई उदृत गर्दै लेखेको छ, “चीनले आसियन सदस्यहरुसँग मिलेर साउथ चाइना सीमा कोड अफ कन्डक्टमा (सीओसी) बृहत् परामर्श गरिरहेको र जसले देखिने गरी प्रगति गरिरहेको छ । तर, अमेरिकाले यस क्षेत्रमा आफ्ना पाखुरा फैलाएर चीन र आसियन मुलुकबीच विवाद सिर्जना गर्ने उद्देश्यले असह्य अभिव्यक्ति र गतिविधिहरु गरिरहेको छ । जसले आसियन क्षेत्रको स्थायित्वलाईसमेत अवमूल्यन गरेको छ ।”

नाम उल्लेख नगरिएको विश्लेषकलाई उदृत गर्दै ग्लोबल टाइम्सले लेखेको छ, “संयुक्त राज्य अमेरिका सबभन्दा ठूलो म्यानिपुलेटर र साउथ चाइन सीको शान्ति र स्थायित्वका लागि सबभन्दा ठूलो खतरा हो ।”

प्रकाशित मिति : १ श्रावण २०७७, बिहीबार  ४ : २९ बजे

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन

स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान

मोरङमा एसईईका सहायक केन्द्राध्यक्ष पक्राउ

काठमाडौँ- मोरङको ग्रामथान गाउँपालिकास्थित एक परीक्षा केन्द्रका सहायक केन्द्राध्यक्षलाई प्रहरीले

आईपीएल : कोलकाताले लखनउलाई दियो १८२ रनको लक्ष्य

काठमाडौं – कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्स विरुद्ध आईपीएलको

त्रिभुवन विमानस्थलमा ‘एईडी’ मेसिन जडान

काठमाडौं – दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको