अयोध्याबारे नेपालको परराष्ट्रले प्रष्ट पारिसक्यो, जवाफ जरूरी छैन : भारतीय विदेश मन्त्रालय | Khabarhub Khabarhub

अयोध्याबारे नेपालको परराष्ट्रले प्रष्ट पारिसक्यो, जवाफ जरूरी छैन : भारतीय विदेश मन्त्रालय


२ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले राम जन्मभूमि अयोध्याबारे गरेको टिप्पणीमा परराष्ट्र मन्त्रालयले प्रष्ट पारिसकेकाले जवाफ जरूरी नरहेको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले बिहीबार नियमित प्रेस ब्रिफ्रिङमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले ‘रामको जन्मभूमि’ बारेमा दिएको अभिव्यक्तिबारे पत्रकारले सोधेको प्रश्‍नको उत्तर दिँदै यसबारेमा टिप्पणी नगर्ने बताएका हुन्।

‘भारतको विशाल र समृद्ध सांस्कृतिक विरासत विश्‍वभर परिचित छ। नेपालको विदेश मन्त्रालयले पनि यसबारेमा स्पष्टीकरण दिइसकेको छ’, श्रीवास्तवले भने, ‘हामीले यसबारेमा थप टिप्पणी गर्न जरूरी छैन, म यसबारेमा केही भन्‍न चाहन्‍नँ।’

प्रधानमन्त्री ओलीले आदिकवि भानुभुक्त आचार्यको जन्म जयन्तीका अवसरमा असार २९ गते भगवान रामको जन्म वीरगञ्ज  पश्चिमस्थित ठोरीमा भएको दाबी गरेका थिए।

प्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई लिएर नेपालभित्रै पनि चर्को आलोचना भएको थियो । ओलीको सर्वत्र आलोचना भएपछि परराष्ट्र मन्त्रालयले स्पष्टीकरण दिँदै यो कुनै राजनीतिक विषय र कसैप्रति लक्षित धारणा नभएको जनाएको थियो ।

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार  ५ : ४८ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका