भारतमा १० अर्ब डलर लगानी गर्दै गुगल « Khabarhub

भारतमा १० अर्ब डलर लगानी गर्दै गुगल


३ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी प्रबिधी कम्पनी गुगलले भारतमा १० अर्ब अमेरिकी डलर लगानी गर्ने तयारी गरेको छ ।

गुगल र अल्फावेटका सीईओ सुन्दर पिचाईले ‘गुगल फर इन्डिया’ नामक भर्चुअल कार्यक्रममार्फत यसअघि घोषणा गरिएको १० अर्ब डलरको लगानी कार्यान्वयन चरणमा लैजाने तयारी भएको जानकारी दिएका हुन् ।

भारतमा संरचना निर्माण र शेयर खरिदको माध्यमबाट उक्त लगानी गर्न लागिएको हो । उनले भारतको डिजिटल अर्थतन्त्रलाई बढावा दिन यो लगानीसहितको योजना अघि सारिएको बताएका छन् ।

आगामी पाँचदेखि सात वर्षमा भारतमा १० अर्ब अमेरिकी डलर लगानी गर्ने गुगलको उक्त घोषणा ‘गुगल फर इन्डिया डिजिटाइजेसन’ फन्ड अन्तर्गत गरिने बताइएको छ ।

चीनले गुगललाई प्रतिबन्ध लगाएपछि विश्वको ठूलो अर्थव्यवस्था भएका मुलुकहरू मध्येको एक भारतमा गुगलले लगानी गर्न लागेको हो । भारतमा ५० करोडभन्दा बढी सक्रिय इन्टरनेट प्रयोगकर्ताहरु रहेको बताइन्छ।

सन् २०१५ मा पहिलोपटक गुगल फर इन्डिया कार्यक्रमको आयोजना गरिएको थियो । त्यसपछि प्रत्येक वर्ष यो कार्यक्रम आयोजना हुँदै आएको छ । सोही कार्यक्रम अन्तर्गत सोमबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पिचाईसँग छलफल गरेका थिए ।

यसअघि अमेजनका सीईओ जेफ बेजोसले भारत भ्रमणका क्रममा एक अर्ब डलरको लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रकाशित मिति : ३ श्रावण २०७७, शनिबार  ७ : ०० बजे

टाटा टियागो इभिमा आकर्षक अफर घोषणा

काठमाडौं– टाटा मोटर्सका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले

अमेरिकाको क्यालिफोर्नियामा एफ-१६ लडाकु जेट दुर्घटना

वासिङ्टन डीसी- अमेरिकामा बिहीबार युएस एयरफोर्सको एफ-१६ लडाकु विमान दुर्घटना

इन्फ्लुएन्जा (फ्लू) सङ्क्रमणबाट बच्न मन्त्रालयको आग्रह 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले इन्फ्लुएन्जा (फ्लू) बाट बच्न आग्रह

धानको रैथाने जात संरक्षण गर्दै बाँकेका गङ्गानारायण

राँझा– बैजनाथ गाउँपालिका–८ टिटिहिरियाका किसान गङ्गानारायण चौधरी धानको परम्परागत रैथाने

भरतपुरमा प्राङ्गारिक सूर्यमुखीखेती

नारायणगढ – भरतपुर महानगरपालिका–१५, श्रीपुरका प्राङ्गारिक किसान चन्द्रप्रसाद अधिकारीले यस