एसिया ब्याडमिन्टनले भन्यो- प्रिन्स एसियाकै उत्कृष्ट जुनियर खेलाडी « Khabarhub

एसिया ब्याडमिन्टनले भन्यो- प्रिन्स एसियाकै उत्कृष्ट जुनियर खेलाडी


३ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ब्याडमिन्टन एसियाले नेपाली ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहाल एसियाकै उत्कृष्ट जुनियर खेलाडी भएको बताएको छ।

एसिया ब्याडमिन्टनले प्रिन्सको लेख लेख्दै अहिलेको अवस्थामा प्रिन्स नै एसियाली क्षेत्रको उत्कृष्ट युवा खेलाडी भएको लेखेको छ।

ब्याडमिन्टन एसिया हरेक हप्ता एसियाली क्षेत्रका उत्कृष्ट खेलाडीको आर्टिकल सार्वजनिक गर्ने गरेको छ। जस अन्तरगत यो साता नेपालका प्रिन्सका आलेख सार्वजनिक गरेको हो।

जुनियर लेभलमा प्रिन्स विश्व वरियतामा शीर्ष सातौं स्थानमा रहेका छन्।

अन्तर्राष्ट्रिय स्तरमा प्रिन्सले गएको सेप्टेम्बरमा दुवई जुनियर इन्टरनेसनलमा प्रथम भएका थिए। यस्तै उनले नेपालमा र विदेशमा गरि दर्जनौं प्रतियोगितामा पदक जितिसकेका छन्।

दार्चुलाको खलंगामा जन्मिएका उनले विभिन्न उमेर समुहमा आफुलाई अब्बल सावित गरिसकेका छन् भने राष्ट्रिय च्याम्पियनको लक्ष्यमा रशेका छन्।

लामो समयको लकडाउन पछि अहिले ब्याडमिन्टनको अभ्यास सुरु भएको छ। प्रिन्स पनि अहिले अभ्यासमा व्यस्त छन्।

प्रकाशित मिति : ३ श्रावण २०७७, शनिबार  ११ : ०७ बजे

प्रतिनिधिसभाको बैठक सुरू

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठक सुरू भएको छ ।  बैठकमा प्रधानमन्त्री

स्वास्थ्यमन्त्री मेहता र नर्वेका राजदुत ड्याग्नीबीच भेटवार्ता 

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र नेपालका लागि

गेटा अस्पताललाई शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न स्वीकृति

काठमाडौँ– सरकारले कैलालीस्थित गेटा अस्पताललाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान

सुनको मूल्यमा २४ सय रुपैयाँको गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल

प्रधानमन्त्री शाहले निर्माण व्यवसायीसँग छलफल गर्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले निर्माण क्षेत्रमा देखिएका समस्या, तिनको समाधान,