गुणस्तरीय शिक्षाका लागि हिमालयन बैंकद्वारा पाँच लाख सहयोग « Khabarhub

गुणस्तरीय शिक्षाका लागि हिमालयन बैंकद्वारा पाँच लाख सहयोग


४ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हिमालयन बैंक लिमिटेडले गुणस्तरीय शिक्षाका लागि आर्थिक सहायता प्रदान गरेको छ ।

टिच फर नेपाललाई ग्रामिण क्षेत्रका समुदायिक/सरकारी विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई विभिन्न विषयहरुको गुणस्तरीय शिक्षा प्रदान गर्न स्वयंसेवक शिक्षकहरुको व्यवस्था गर्न पाँच लाख बराबरको आर्थिक सहायता प्रदान गरेको हो ।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने सिलसिलामा संस्थालाई उक्त सहायता रकम प्रदान गरेको हो ।

“एक दिन नेपालका सबै विद्यार्थीहरुले गुणस्तरीय शिक्षा प्राप्त गर्नेछन्” भन्ने मुल मन्त्रका साथ अगाडि बढेको टिच फर नेपाल संस्थाले हालसम्म विभिन्न ७ जिल्लाका ६७ वटा विद्यालयमा २७० जना स्वयंसेवक शिक्षकहरुको व्यवस्था गरी ३०,००० भन्दा बढी विद्यार्थीहरुलाई विज्ञान, गणित, अंग्रेजी लगायतका विषयहरु पढाइरहेकोे छ ।

हिमालयन बैंकले आफ्नो स्थापनाकाल देखिनै अनाथालय, बृद्धाश्रम, सांस्कृतिक सम्पदा संरक्षण, शिक्षा, स्वास्थ्य, प्राकृतिक विपत्ति भोगेकाहरुका लागि, चेतना मुलक कार्यक्रमहरु आदिमा समय–समयमा विभिन्न किसिमका सहयोग र राहत सामाग्रीहरु उपलब्ध गराउँदै आएको छ ।

बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत श्री अशोक शम्सेर राणाले बैंकका उच्चपदस्थका कर्मचारीहरुको उपस्थितिमा उक्त सहयोग रकम टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत स्वस्तिका श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।

प्रकाशित मिति : ४ श्रावण २०७७, आइतबार  ३ : ३० बजे

बच्चाको खातामा पाँच हजार’ कार्यक्रम : स्थानीयको सहभागिता न्यून

काठमाडौं– टोखा नगरपालिकाले सञ्चालन गरेको जन्मनासाथ पाँच हजार बच्चाको खातामा

हिमाल आरोहीको सकुशल उद्धार

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिका–४ स्थित धौलागिरि हिमाल आरोहणका क्रममा लडेर घाइते

ओमानका सुल्तानसँग वार्तापछि पाकिस्तानतिर इरानी विदेशमन्त्री, इस्लामाबादबाट मस्को जाने

तेहरान– इरानका विदेश मन्त्री अब्बास अरघाची र ओमानका सुल्तान हैथम

राष्ट्रिय फोटो पत्रकारिता दिवस सम्पन्न : अन्तर्राष्ट्रिय फोटो सम्मेलन गरिँदै

काठमाडौं– राष्ट्रिय फोटो पत्रकार समूह नेपालद्वारा आयोजना गरिएको ९९औँ राष्ट्रिय

स्थानान्तरण र व्यवस्थापनमा सहरी विकास मन्त्रालयको पहल

काठमाडौं– सहरी विकास मन्त्रालयले जोखिमयुक्त क्षेत्रमा बसोबास गरिरहेका नागरिकलाई सुरक्षित