धेरै संख्यामा नेपाली रहेका मुलुकमा उद्धार उडान प्राथमिकतामा : सीसीएमसी « Khabarhub

धेरै संख्यामा नेपाली रहेका मुलुकमा उद्धार उडान प्राथमिकतामा : सीसीएमसी


४ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) निर्देशक समितिले धेरै संख्यामा नेपाली रहेका देशमा उद्धार उडानलाई प्राथमिकता दिने निर्णय गरेको छ ।

आइतबार सिंहदरबारमा बसेको बैठकले धेरै संख्यामा नेपाली रहेका देशबाट उद्धार गर्न हवाई उडानलाई प्राथमिकता दिने निर्णय गरेको हो। सरकारले अलपत्र नागरिकलाई उद्धार गर्दै आएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउन परिमार्जन गर्न सम्बन्धित मन्त्रालयबाट मन्त्रिपरिषदमा प्रस्ताव लैजाने निर्णय भएको जानकारी दिए ।

उनले भने, ‘संक्रमणको संख्यामा हाल केही कमी हुँदै गएको भएपनि यसलाई नियन्त्रित रुपमा राख्न पर्ने नै विश्लेषण भएको छ। साउन ६ गतेसम्म कायम भएको लकडाउन परिमार्जन गर्न के कस्तो क्रियाकलापहरु गर्न सकिन्छ वा यसलाई कसरी लानुपर्छ भन्ने विषयमा फेरि छलफल गरेर नेपाल सरकार मन्त्रिपरिषदमा सम्बन्धित मन्त्रालयबाट प्रस्ताव लैजाने गरी निर्णय भएको छ ।’

उनले धेरै श्रमिकलाई उद्धार गर्न बाँकी रहेका देशहरुमा हवाई उडानलाई प्राथमिकता दिने बताए ।

उनले भने, ‘जुन मुलुकबाट धेरैजना आउन बाँकी रहेको छन् ती मुलुकहरुबाट श्रमिक ल्याउनलाई हवाई उडानको प्राथमिकीरण गर्ने निर्णय भएको छ ।’

प्रकाशित मिति : ४ श्रावण २०७७, आइतबार  ६ : ३७ बजे

उपसभामुख ठाकुरद्वारा पदभार ग्रहण

काठमाडौं– प्रतिनिधिसभाका उपसभामुख रुबीकुमारी ठाकुरले आजदेखि पदभार ग्रहण गरेकी छन्

मन्त्रीहरूको सम्पत्तिबारे पूर्वअर्थमन्त्री खनाल भन्छन् : विश्वास गर्न सकिने देखिएन

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको सरकारद्वारा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएको

नेटोसँग ट्रम्प असन्तुष्टि

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका क्रममा उत्तर

कांग्रेसमा इतर पक्षसँग किचलो बढ्दै जाँदा क्रियाशील सदस्यता खारेज नगरिएको संस्थापनको जवाफ

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेले पार्टीको

नेपालमा घरजग्गा कारोबार : मूल्यमा बागमती र क्षेत्रफलमा मधेश अगाडि

काठमाडौं– पछिल्ला वर्षहरूमा नेपालमा घरजग्गा कारोबारमा मूल्यमा बागमती प्रदेश र