चीन र अफ्रिकाबीचको व्यापारमा भारी गिरावट « Khabarhub

चीन र अफ्रिकाबीचको व्यापारमा भारी गिरावट


५ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- कोरोना भाइरसका कारण चीन र अफ्रिकाबीचको व्यापारमा भारी गिरावट आएको छ । सन् २०२० को पहिलो ६ महिनामा अफ्रिकासँगको व्यापारमा १९.३ प्रतिशत अर्थात ८२.३७ बिलियन अमेरिकी डलरले गिरावट आएको जनाइएको छ ।

चीन अफ्रिकाको तेल, कपर र कोबाल्टलगायतका सामग्रीको ठूलो आयातकर्ता मुलुक हो । चीनले अफ्रिकाबाट आयात गर्ने सामग्रीमा ३१ प्रतिशत कटौती भएको छ भने अफ्रिकामा हुने निर्यातमा ८.३ प्रतिशत गिरावट आएको छ ।

चिनियाँ भन्सार सामान्य प्रशासनको तथ्यांकका अनुसार चीनले वर्षको पहिलो ६ महिनामा ४८.४२ बिलियन अमेरिकी डलर बराबरको सामान निर्यात गरेको छ । यसैगरी ३३.९५ बिलियन अमेरिकी डलर बराबरको कच्चा पदार्थ आयात गरेको छ ।

चीनका लागि दक्षिण अफ्रिका सामग्री आयातकर्ता मुलुकमध्येको मुख्य हो भने कच्चा पर्दाथको स्रोत पनि हो । दक्षिण अफ्रिका र चीनबीचको व्यापारमा २७.६ प्रतिशतले गिरावट आएको छ ।

चीनले दक्षिण अफ्रिकाबाट हुने आयातमा ३२.२ प्रतिशत अर्थात ८.६८ बिलियन अमेरिकी डलर बराबरको कटौती गरेको छ भने ६.२० बिलियन अमेरिकी डलर बराबरको आयात गरेको छ ।

भन्सार अधिकारीहरुले भने दुई मुलुकबीचको व्यापार अपेक्षा गरिएभन्दा राम्रो भएको बताएका छन् । कोरोना भाइरसको महामारीका कारण विश्वव्यापी अर्थतन्त्रमा मन्दी सिर्जना हुने र अन्तर्राष्ट्रिय व्यापार र लगानीमा संकुचन आउने बताइएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  १० : २१ बजे

सचिव कृष्णहरि पुष्करलाई प्रहरीले केरकार गरेर छाड्यो

काठमाडौं – नेपाल सरकारका सचिव कृष्णहरि पुस्करलाई प्रहरीले नियन्त्रणमा लिएर

विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं – रोजगारीका लागि विदेश पठाउने नाममा रु २९ लाख

विद्युत् उत्पादनमा निजी क्षेत्रको १३ खर्ब बढी लगानी

काठमाडौं – स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश

पुस्तान्तरण भइसकेको राजनीतिमा पुरानाको पुनरागमन असम्भव : बाबुराम भट्टराई

काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ सरकार बनेको सय

भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै

भोजपुर – मुलुकका एक सय पर्यटकीय गन्तव्यमा सूचीकृत भोजपुरको प्रसिद्ध