भारतमा फेरि थपिए एकैदिन ३६ हजारभन्दा बढी कोरोना संक्रमित « Khabarhub

भारतमा फेरि थपिए एकैदिन ३६ हजारभन्दा बढी कोरोना संक्रमित


६ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतमा कोरोना संक्रमितको संख्यामा लगातार बढ्दै गएको छ ।

पछिल्ला तीन दिनमा मात्रै भारतमा १ लाख १४ हजार ४६० जना संक्रमित भएका छन् । यसमध्ये ३६ हजार ८१० जना पछिल्लो २४ घण्टामा थपिएका संक्रमित हुन् ।

लगातार बढ्दो क्रममा संक्रमण देखिएको भारतमा यसअघि सोमबार एकै दिन अहिलेसम्मकै सर्वाधिक ४० हजार २४३ जनामा संक्रमण देखिएको थियो ।

संक्रमण फैलिएको ६ महिनाभन्दा बढीको यो समयमा भारतमा मंगलबार यो समाचार तयार पार्दासम्म ११ लाख ५४ हजार ९१७ जना संक्रमित भएका छन् ।

यो संख्या विश्वकै तेस्रो धेरै हो भने एसियामा सबैभन्दा बढी हो । संक्रमितमध्ये अहिलेसम्म ७ लाख २४ हजार ७०२ जना संक्रमणमुक्त भएका छन् भने ४ लाख ‍२ हजार ११६ जनाको उपचार भइरहेको छ ।

कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा ५९६ जनाको मृत्यु भएपछि मंगलबार बिहानसम्म ज्यान गुमाउनेको २८ हजार ९९ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलबार  ६ : ०६ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै