भारतमा चार दिनमा १ लाख ५३ हजारमा कोरोना संक्रमण « Khabarhub

भारतमा चार दिनमा १ लाख ५३ हजारमा कोरोना संक्रमण


७ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतमा लगातार कोरोना संक्रमितको संख्या बृद्धि हुने क्रम रोकिएको छैन ।

पछिल्ला चार दिनमा मात्रै भारतमा १ लाख ५३ हजार ६२८ जना संक्रमित भएका छन् । यसमध्ये ३९ हजार १६८ जना पछिल्लो २४ घण्टामा थपिएका संक्रमित हुन् ।

लगातार बढ्दो क्रममा संक्रमण देखिएको भारतमा यसअघि सोमबार एकै दिन अहिलेसम्मकै सर्वाधिक ४० हजार २४३ जनामा संक्रमण देखिएको थियो ।

संक्रमण फैलिएको झण्डै ७ महिनामा भारतमा मंगलबार यो समाचार तयार पार्दासम्म ११ लाख ९४ हजार ८५ जना संक्रमित भएका छन् ।

यो संख्या विश्वकै तेस्रो धेरै हो भने एसियामा सबैभन्दा बढी हो । संक्रमितमध्ये अहिलेसम्म ७ लाख ५२ हजार ३९३ जना संक्रमणमुक्त भएका छन् भने ४ लाख ‍१२ हजार ९२१ जनाको उपचार भइरहेको छ ।

कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा ६७२ जनाको मृत्यु भएपछि बुधबार बिहानसम्म ज्यान गुमाउनेको २८ हजार ७७१ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

 

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार  ५ : ४६ बजे

नेपालको लगातार चौथो हार, नेदरल्यान्ड्ससँग ५७ रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी ओडीआई

यातायात क्षेत्रलाई राज्यले संकटमा पार्दैछ : भीमज्वाला राई

काठमाडौं – चर्को जरिवाना र चालकलाई जसरीपनि जेल सजायको व्यवस्था

‘पाथीभरा माता’ नामले परिचित समीर थापा पक्राउ

सुर्खेत – झारफुक तथा हेराइ–मनाइ गर्ने भन्दै मानिसमाथि दुर्व्यवहार गरेको

प्रहरीले हटाइदियो माइतीघरमा लघुवित्त पीडितले बनाएका अस्थायी संरचना (तस्बिरहरू)

काठमाडौं – माइतीघरमा रात कटाउन लघुवित्त पीडितहरूले बनाएको अस्थायी संरचना

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय