हङकङका नागरिकलाई बेलायतले नागरिकता दिनु गैह्रकानूनी : चीन | Khabarhub Khabarhub

हङकङका नागरिकलाई बेलायतले नागरिकता दिनु गैह्रकानूनी : चीन


८ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हङकङका नागरिकलाई नागरिकता दिने बेलायतको नयाँ नीति गैह्रकानूनी भएको चीनले जनाएको छ ।

लण्डनस्थित चिनियाँ दूताबासले बिहीबार जारी गरेको विज्ञप्तिमा बेलायतको उक्त नीतिले अन्तर्राष्ट्रिय कानूनको उल्लंघन मात्र नभई चीनको आन्तरिक मामिलामा पनि हस्तक्षेप गरेको जनाइएको छ ।

चीनले हङकङमा जुलाई १ बाट नयाँ राष्ट्रिय सुरक्षा कानून लागू गरेपछि पछिल्लो समय अमेरिकासहितका युरोपेली राष्ट्रसँग चीनको सम्बन्ध बिग्रदै गएको छ ।

बेलायतकी आन्तरिक मामिला मन्त्री प्रीति पटेलले बुधबार एक विज्ञप्ति जारी गर्दै बेलायतको नेशनल ओभरसिज भिषा भएका हङकङका नागरिकले आगामी वर्षको जनवरीबाट नागरिकता लागि आवेदन दिनसक्ने घोषणा गरेपछि चीनले आपत्ति जनाएको हो ।

 

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहीबार  ९ : ५० बजे

गाईजात्रा महोत्सव : नाचघरमा ‘कमेडी नाइट विथ च्याम्पियन्स’ (तस्बिरहरू)

काठमाडौं – सांस्कृतिक संस्थानले राष्ट्रिय नाचघरमा शनिबारदेखि सुरु गरेको ‘गाईजात्रा

सुनसरी दुर्घटना अपडेट : मृतकको सङ्ख्या पाँच पुग्यो

सुनसरी – सुनसरी भोक्राहा–नरसिंह गाउँपालिका–३ जलुवा टोलस्थित पूर्व–पश्चिम राजमार्गमा आज

बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं – प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ।

शंकर पोखरेलले भने : पार्टीका आन्तरिक विषय सम्बन्धित बैठकमा छलफल गर्नुपर्छ

काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीका आन्तरिक विषय

अलास्कामा हुने ट्रम्प–पुटिन वार्ताः रणनीतिक महत्वको समीक्षा

मस्को – आगामी शुक्रबार अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका