‘गुटले कांग्रेस कमजोर भयो’ « Khabarhub

‘गुटले कांग्रेस कमजोर भयो’


१० श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका युवा नेताले गुटका कारण कांग्रेस कमजोर बन्दै गएको गुनासो गरेका छन् ।

उनीहरूले बदलिँदो समाजको चाहना अनुसारको एजेण्डा पार्टी नेतृत्वले समयमै बोक्न नसक्दा कांग्रेस राष्ट्रिय राजनीतिबाट खुम्चिँदै गएको बताएका हुन् ।

कांग्रेसलाई नेपाली राजनीतिमा भरोसायोग्य पार्टी बनाई राख्नका लागि भन्दै प्रजातान्त्रिक विचार समाजले शनिबार कांग्रेसका १३ जना युवा केन्द्रीय सदस्यहरुलाई एउटै मञ्‍चमा राखेर अर्न्तक्रिया गरेको थियो ।

कार्यक्रममा नेताहरु चन्द्र भण्डारी, एनपी सावद, गगन थापा, नविन्द्रराज जोशी, सुरेन्द्र पाण्डे, विश्वप्रकाश शर्मा, गुरुराज घिमिरे, धनराज गुरुङ, पुष्पा भूषाल, बद्री पाण्डे, कमला पन्त, जीवन परियार, किरण यादव सहभागि थिए ।

कार्यक्रममा उपस्थित युवा नेताहरुले साथ दिने भए आफू सभापतिकै लागि उम्मेदवार बन्न तयार भएको गगन थापाले बताए ।

‘हामीमध्ये तपाईंहरु कसैले हिम्मत गर्नुहुन्छ भने पनि ठीक छ, म सहयोग गर्छु । मलाई सहयोग गर्ने हो भने म अघि बढ्न तयार छु,’ थापाले भने,‘१३ औं महाधिवेशनका बेलाको जस्तै हुन भएन ।त्यतिबे ला पनि यस्तै छलफल हुन्थे । सहयोगको कुरा हुन्थ्यो । तर, पछि रत्नपार्कमा एक्लै भोट माग्दै हिँड्न पर्‍यो ।’ थापा १३ औं महाधिवेशनमा महामन्त्रीका उम्मेदवार थिए ।

उनले १४ औं महाधिवेशनमा जो सभापति भए पनि आगामी निर्वाचनमा पार्टी पराजित भएमा राजीनामा दिने परम्परा बसाल्न घोषणापत्रमा लेख्न सकिए ठूलो उपलब्धि हुने बताए ।

नेता भण्डारीले राष्ट्रियताको मुद्दा आउदा पार्टी केन्द्रीय कार्यसमितिको बैठक नै मौनधारणाजस्तो हुने गरेको प्रसंग उल्लेख गरे ।

कार्यक्रममा नेता सुरेन्द्र पाण्डेले विवेकको राजनीतिले समाज, परिवार र पार्टीमा सुरक्षित हुन नसकिने अवस्था रहेको बताए ।

कांग्रेस प्रवक्तासमेत रहेका युवा नेता विश्वप्रकाश शर्माले सभापति कसलाई बनाउने भन्नेबारे चर्चा हुने तर संगठन कस्तो बनाउने भन्नेबारेमा छलफल नहुने प्रवृतिको विकास हुँदासम्म धेरै आशा गर्न नसकिने बताए ।

अर्का केन्द्रीय सदस्य गुरुराज घिमिरले युवा नेताहरुमा पनि समस्या र प्रश्न रहेको बताए ।

प्रकाशित मिति : १० श्रावण २०७७, शनिबार  ८ : ५६ बजे

महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण (तस्बिरहरू) 

काठमाडौं– नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले पदभार

वैतेश्वरमा ३ किलोमिटर सडक ढलान हुने

दोलखा– चालु आर्थिक वर्षको दोस्रो त्रैमास सुरु हुँदै गर्दा जिल्लाको

‘ओली हाम्रो सेनापति, तेस्रो कार्यकाल एमालेको नेतृत्व गर्नु हुन्छ’

काठमाडौं- नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका मुख्यमन्त्री

महिला श्रमिकको पीडा : न सुरक्षा, न समान ज्याला

काठमाडौं– अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिक, विशेष गरी महिला श्रमिकहरूले सरकार

आगलागीबाट एक महिनामा आठ जनाको मृत्यु 

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सुक्खा मौसममा