न्यायका लागि साझाकाे तराजु यात्रा, माइतीघरमा सुतेरै विरोध (भिडियोसहित) | Khabarhub Khabarhub

न्यायका लागि साझाकाे तराजु यात्रा, माइतीघरमा सुतेरै विरोध (भिडियोसहित)


१० श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- साझा पार्टीले शनिबार राजधानीमा तराजु यात्रा निकालेकाे छ।

साझाले विभिन्न घटनामा पीडित भएकाहरुलाई नाय दिलाउनुपर्ने मागसहित तराजु यात्रा निकालेको हो ।

सर्वोच्च अदालतको पछिल्लो फैसलाले कानूनी राज्यको उपहास भएको पार्टीले जनाएको छ ।

फैसलाको विरुद्धमा साझा पार्टीका नेता तथा कार्यकर्ताहरुले न्यायको प्रतीक तराजुसहित माइतीघर नजिक सडकमा लम्पसार सुतेर विरोध जनाए ।

सशस्त्र प्रहरी बलका पूर्वनायब महानिरीक्षक रञ्जन कोइरालाले पत्नी गीता ढकालको हत्या गरेको ठहर गर्दै जिल्ला अदालत र उच्च अदालतको जन्मकैद गर्ने फैसला सर्वोच्च अदालतले उल्टाएर दण्ड सजाय घटाएकोमा विरोध प्रदर्शन गरिएको थियो ।

विराेध प्रदर्शनमा उनीहरुले  रुकुम नरसंहारका दाेषीलाई कारबाही गर, पीडितलाई न्याय गर, भ्रष्टलाई सिंहदरबार हाेइन जेल हालाैं, निर्मलाहरुलाई न्याय दे, गैरन्यायिक फैसला चाहिँदैन दाेषीलाई उम्काउन पाइँदैन लेखिएका प्लेकार्डसहित प्रदर्शनमा उत्रिएका थिए ।

पार्टीले न्यायका लागि साझा यात्रा नाम दिएर उक्त विरोधको अभियान शुरु गरेको जनाएको छ ।

यसअघि उक्त पार्टीले न्यायालयको समग्र सुधारको माग गर्दै ललितपुरको बखुण्डोलस्थित पार्टी कार्यालयबाट माइतीघर मण्डलासम्म साझा तराजु यात्रा आयोजना गरेको थियो ।

कार्यक्रममा प्रदेश नं ३ का सदस्य शोभा शाक्य र संयोजक रवीन्द्र मिश्र, नेतृ समीक्षा सापकोटालगायत उपस्थित भएका थिए ।

साझाको विरोध हेरौं भिडियो

प्रकाशित मिति : १० श्रावण २०७७, शनिबार  ९ : ४८ बजे

प्रचण्डले भने- म अब माओवादीको अध्यक्ष रहिनँ, संयोजक भएँ

काठमाडौं– नेकपा माओवादी केन्द्र महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल

पूर्वराष्ट्रपतिको निष्कर्ष : जेन-जी आन्दोलनका घटना शंकास्पद्, दलहरू एकजुट हुनु पर्छ

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ पुस्ताको मनोभावना बुझ्दै राष्ट्रिय एकताका

सबै माओवादी नेताको सम्पत्ति सार्वजनिक गर्ने प्रचण्डको घोषणा

काठमाडौं- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

माओवादीको केन्द्रीय कमिटी भङ्ग, प्रचण्डकै प्रस्तावअनुसार मंसिरमा विशेष महाधिवेशन

काठमाडौं- नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति भङ्ग गरिएको छ