भारतमा एकै दिन अहिलेसम्मकै धेरै ५० हजारभन्दा बढी संक्रमित « Khabarhub

भारतमा एकै दिन अहिलेसम्मकै धेरै ५० हजारभन्दा बढी संक्रमित


१२ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतमा कोरोना संक्रमितको संख्याले नयाँ रेकर्ड राखेको छ ।

तीन दिनयता लगातार ४८ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको भारतमा पछिल्लो २४ घण्टामा ५० हजार ५२५ संक्रमित भएका छन् ।

लगातार संक्रमितको संख्यामा बृद्धि हुदै आएको भारतमा सोमबारको  यो तथ्यांक अहिलेसम्मकै धेरै हो । यसअघि आइतबार, शनिबार र शुक्रबार लगातार ४८ हजारभन्दा बढी संक्रमित भेटिएका थिए ।

भारतमा कुल संक्रमित संख्या १४ लाख ३६ हजार १९ पुगेको छ । यो संख्या विश्वकै तेस्रो धेरै तथा एसियामा सबैभन्दा बढी हो । संक्रमितमध्ये अहिलेसम्म ९ लाख १८ हजार ७३५ संक्रमणमुक्त भएका छन् भने ४ लाख ८४ हजार ४७४ जनाको उपचार भइरहेको छ ।

कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा ७१४ जनाको मृत्यु भएपछि सोमबार बिहानसम्म ज्यान गुमाउनेको ३२ हजार ८१० पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७७, सोमबार  ५ : ३८ बजे

सर्वदलीय बैठकमा प्रचण्डको प्रश्न– सरकार सुनसरी घटनाको समाधानतर्फ किन अग्रसर हुन सकेन ?

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सर्वदलीय बैठकमा कांग्रेस सभापति थापाले के भने ?

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगञ्ज लगायत देशका

कप्तानगञ्ज घटना राज्य प्रायोजित आतंक हो : नेकपा

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको

सुनसरी घटनाले सरकारको अयोग्यता प्रष्ट पार्यो: योगेश भट्टराई

काठमाडौँ – नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले सुनसरीमा घटेको

सर्वदलीय बैठक सिंहदरबारमा सुरु (तस्बिर)

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आह्वानमा सर्वदलीय बैठक सिंहदरबारमा