चीनले कोरोनाको तथ्यांक लुकाएको चिकित्सक युनको दाबी « Khabarhub

चीनले कोरोनाको तथ्यांक लुकाएको चिकित्सक युनको दाबी


१२ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरस पहिचान गर्ने एक चिनियाँ चिकित्सकले चिनले कोरोनाको तथ्यांक लुकाएको दाबी गरेका छन् ।

उनले भनेका छन्,’वुहानमा स्थानीय अधिकारीहरूले कोरोनाको सुरुवाती तथ्याङ्क लुकाए।’

प्राध्यापक क्वाक–युङ युन स्वयं वुहानमा फैलिएको कोरोना जाँचमा खटिएका थिए ।

उनी भन्छन्, ‘‘सबुत मेटाइयो र ‘क्लिनिकल फाइन्डिङ’को सूचनालाई पनि ढिलो पारियो।’’

सुरुमा भाइरस हुनानको बजारबाट फैलिएको मानिन्छ। तर प्रो. युन आफू र परीक्षणकर्ता हुनान पुग्नुअघि नै त्यो स्थानलाई डिसइन्फेक्ट गरिसकिएको आशङ्का गर्छन्। यसबाट कोरोना भाइरस उत्पत्तिको सबै सबुत मेटिएको उनको भनाइ छ।

‘‘हामी हुनान पुग्नुअघि नै बजार पूरै सफा गरिसकिएको थियो। सुपरमार्केट सफा थियो, भाइरस कसरी मानवमा सर्‍यो त्यो बुझ्न कठिन भयो,’’ उनी भन्छन्, ‘‘मलाई शंका छ, वुहानमा केही लुकाइएको छ। जुन अधिकारीले यसबारे जानकारी दिनु पर्ने हो, तिनलाई तत्कालै केही बोल्न दिइएको थिएन।’’

उनका अनुसार भाइरसबारे महत्वपूर्ण जानकारी लिने समय जनवरीमै सकियो। त्यतिबेलासम्म चिनियाँ अधिकारीले यो भाइरस मानिसबाट मानिसमा सर्दैन भनिरहेका थिए।

सुरुआती समयमा चीनले कुन ढङ्गमा भाइरस ह्यान्डल गरिरहेको थियो भन्ने कुरा डिसेम्बरमा यसबारे जानकारी दिने एक चिकित्सकलाई दण्डित गरेको घटनाबाटै पुष्टि हुन्छ। त्यो घटनाको सर्वत्र विरोध भएको थियो। चीनले भने भाइरसबारे सूचना लुकाएको आरोपको सधैं खण्डन गर्दै आएको छ। (बीबीसीबाट)

प्रकाशित मिति : १२ श्रावण २०७७, सोमबार  ६ : ३३ बजे

प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपत्र छपाइ आज सकिँदै

भक्तपुर– यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मतपत्र

विद्युत प्राधिकरणले ‘एई साथी’ कार्यान्वयनमा ल्याउँदै 

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले प्रविधिको विकाससँगै प्रविधिमैत्री सेवा प्रवाहलाई प्रभावकारी

कांग्रेस अनुशासन समितिको बैठक शुक्रबार बस्ने

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आगामी फागुन

रुकुमपूर्वमा प्रचण्डका ८४ घण्टा : जनयुद्धको स्मरणदेखि विकासको प्रतिवद्धतासम्म

रुकुमपूर्व– हिमाली हावा चलिरहेको पातीहाल्नाको सीमामा जब नेपाली कम्युनिष्ट पार्टीका

आईटी क्षेत्रमा नेपालले के गर्न सक्छ ? सुन्नुहोस् गगन थापाको ‘भिजन’

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगन थापाले आईटीको क्षेत्रमा नेपालमा