चीनले कोरोनाको तथ्यांक लुकाएको चिकित्सक युनको दाबी | Khabarhub Khabarhub

चीनले कोरोनाको तथ्यांक लुकाएको चिकित्सक युनको दाबी


१२ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरस पहिचान गर्ने एक चिनियाँ चिकित्सकले चिनले कोरोनाको तथ्यांक लुकाएको दाबी गरेका छन् ।

उनले भनेका छन्,’वुहानमा स्थानीय अधिकारीहरूले कोरोनाको सुरुवाती तथ्याङ्क लुकाए।’

प्राध्यापक क्वाक–युङ युन स्वयं वुहानमा फैलिएको कोरोना जाँचमा खटिएका थिए ।

उनी भन्छन्, ‘‘सबुत मेटाइयो र ‘क्लिनिकल फाइन्डिङ’को सूचनालाई पनि ढिलो पारियो।’’

सुरुमा भाइरस हुनानको बजारबाट फैलिएको मानिन्छ। तर प्रो. युन आफू र परीक्षणकर्ता हुनान पुग्नुअघि नै त्यो स्थानलाई डिसइन्फेक्ट गरिसकिएको आशङ्का गर्छन्। यसबाट कोरोना भाइरस उत्पत्तिको सबै सबुत मेटिएको उनको भनाइ छ।

‘‘हामी हुनान पुग्नुअघि नै बजार पूरै सफा गरिसकिएको थियो। सुपरमार्केट सफा थियो, भाइरस कसरी मानवमा सर्‍यो त्यो बुझ्न कठिन भयो,’’ उनी भन्छन्, ‘‘मलाई शंका छ, वुहानमा केही लुकाइएको छ। जुन अधिकारीले यसबारे जानकारी दिनु पर्ने हो, तिनलाई तत्कालै केही बोल्न दिइएको थिएन।’’

उनका अनुसार भाइरसबारे महत्वपूर्ण जानकारी लिने समय जनवरीमै सकियो। त्यतिबेलासम्म चिनियाँ अधिकारीले यो भाइरस मानिसबाट मानिसमा सर्दैन भनिरहेका थिए।

सुरुआती समयमा चीनले कुन ढङ्गमा भाइरस ह्यान्डल गरिरहेको थियो भन्ने कुरा डिसेम्बरमा यसबारे जानकारी दिने एक चिकित्सकलाई दण्डित गरेको घटनाबाटै पुष्टि हुन्छ। त्यो घटनाको सर्वत्र विरोध भएको थियो। चीनले भने भाइरसबारे सूचना लुकाएको आरोपको सधैं खण्डन गर्दै आएको छ। (बीबीसीबाट)

प्रकाशित मिति : १२ श्रावण २०७७, सोमबार  ६ : ३३ बजे

मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

तनहुँ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र

इलाम–२ को मतगणना आइतबार बिहानदेखि हुने

काठमाडौं – इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनको

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा

सोलुखुम्वु – प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला