पार्टी फुट्न सक्ने योगेश भट्टराईको चिन्ता « Khabarhub

पार्टी फुट्न सक्ने योगेश भट्टराईको चिन्ता


१३ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पर्यटनमन्त्री योगेश भट्टराईले पार्टीको पछिल्लो अवस्थाप्रति गम्भीर चिन्ता प्रकट गरेका छन् ।

पार्टीका प्रथम अध्यक्ष केपी शर्मा ओलीले एकतर्फीरूपमा स्थगित गरेको स्थायी कमिटी बैठक अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो अध्यक्षतामा सुरु गरेपछि भट्टराईले ट्वीट गर्दै ‘दुर्घटना नजिक देखिन्छ । सबै रोकिऔँ । सल्लाह गरौं’ भनेका छन् ।

माधव नेपाल पक्षका मानिने मन्त्री भट्टराई सबै विवादहरु सहमतिका आधारमा समाधान गर्नुपर्ने पक्षमा छन् । स्थायी कमिटीका अर्का सदस्य तथा कृषिमन्त्री घनश्याम भुसाल र मन्त्री भट्टराई सम्मिलित एक समूह दुवै पक्षमा सहमतिका लागि प्रयासरत छ ।

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलबार  ३ : ४३ बजे

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर र बालकृष्ण खाण पनि दोषी ठहर

काठमाडौँ । भुटानी शरणर्थी प्रकरणमा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर

नक्कली भुटानी शरणार्थी प्रकरणमा यी ७ जनाले पाए सफाइ

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री

नक्कली भुटानी शरणार्थी : प्रकरण टेकनाथ रिजाल, केशव दुलाल, सानु भण्डारी दोषी ठहर

काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा शरणार्थी नेता टेकनाथ रिजालसहित तीन

आजका समाचार : एडीबीले नेपाललाई सहयोग गर्ने, मौद्रिक नीति सार्वजनिक, मनाङमा चामलको माग बढ्यो र हर्मुजमा फेरी हमला

चार विधेयक विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृतराष्ट्रियसभाले विभिन्न चार विधेयक

युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास

काठमाडौं- युरोपेली संघ (ईयू)ले चीनमा निर्मित दुई लाखभन्दा बढी नक्कली