बैकिङ कसुरका फरार प्रतिवादी अदालतमा « Khabarhub

बैकिङ कसुरका फरार प्रतिवादी अदालतमा


१३ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले दोषी ठहर गरी फरार हुँदै आएका एक व्यक्तिलाई आज प्रहरीले अदालतमा पेश गरेको छ ।

मुद्दामा दोषी ठहर भएर पनि कैद भुक्तानी बेरुजु रही फरार हुँदै आएका नुवाकोट थानापति घर भई हाल ललितपुर महानगरपालिका–१४ बस्ने ४३ वर्षीय पारस लोहनीलाई प्रहरीले सोमबार पक्राउ गरी आज ललितपुर जिल्ला अदालतमा पेश गरेको हो ।

काठमाडौँको मातातीर्थमा लुकीछिपी बसिरहेको भन्ने सूचनाका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले उनलाई पक्राउ गरेको ब्यूरोले एक सूचना जारी गरी जनाएको छ । उनलाई आवश्यक प्रक्रिया पूरा गरी आज अदालतमा उपस्थित गराइएको ब्यूरोले जनाएको छ ।

उनी विरुद्धको मुद्दामा अदालतको गत माघ २९ को फैसलाले २५ दिन कैद र रु २४ लाख जरिवाना हुने ठहर गरेको थियो ।

लोहनीले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानीजानी जाहेरवाला आकाश लामिछाने समेतका अन्य दुई जनालाई झुक्यानमा पारी बैंकहरुको चेक काटी दिएकामा बैंकिङ कसुरजन्य अपराध गरेको ठहर भएको थियो ।

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलबार  ४ : ४२ बजे

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर र बालकृष्ण खाण पनि दोषी ठहर

काठमाडौँ । भुटानी शरणर्थी प्रकरणमा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर

नक्कली भुटानी शरणार्थी प्रकरणमा यी ७ जनाले पाए सफाइ

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री

नक्कली भुटानी शरणार्थी : प्रकरण टेकनाथ रिजाल, केशव दुलाल, सानु भण्डारी दोषी ठहर

काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा शरणार्थी नेता टेकनाथ रिजालसहित तीन

आजका समाचार : एडीबीले नेपाललाई सहयोग गर्ने, मौद्रिक नीति सार्वजनिक, मनाङमा चामलको माग बढ्यो र हर्मुजमा फेरी हमला

चार विधेयक विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृतराष्ट्रियसभाले विभिन्न चार विधेयक

युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास

काठमाडौं- युरोपेली संघ (ईयू)ले चीनमा निर्मित दुई लाखभन्दा बढी नक्कली