थाहा पाउनुहोस रक्तअल्पताका लक्षण र उपचार « Khabarhub

थाहा पाउनुहोस रक्तअल्पताका लक्षण र उपचार


१४ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शरीरमा कहिले काहिँ थकाई लाग्नु वा कडा मेहनतपछि शरीर गल्नु स्वभाविक हो । तर बिना परिश्रम पनि शरीर गल्छ वा थकाई लाग्छ भने यो रक्तअल्पताको लक्षण हो ।

रक्तअल्पताको समस्या भएमा थकाई लाग्नु, सास फेर्न गाह्रो हुने हुन्छ । तर धेरै मानिस हत्तपत्त रक्तअल्पता भएको थाहा पाउदैन । यसका लागी रक्तअल्पताको लक्षणहरु बुझ्न आवश्यक हुन्छ ।

रक्तअल्पताको लक्षण

रक्तअल्पता हुदाँ रगतले अक्सिजन शरीरका अन्य ठाउँमा पु¥याउँन सक्दैन । तसर्थ थोरै हिँड्दा पनि थकाइ लाग्ने गर्दछ ।

स्वास फुल्ने गर्दछ । चक्कर लाग्छ मुटुको ढुकढुकी बढ्ने, अल्छि लाग्ने हुन्छ । वाकवाक लाग्ने, खान मन नलाग्ने पनि रक्तअल्पताको नै लक्षण हो ।

रक्तअल्पताको समस्या बढ्दै गएमा अनुहार र छालाको रङ फुस्रो देखिन थाल्छ । रक्तअल्पता भएपछि रोगसँग लड्ने क्षमता घटेर जान्छ । बिस्तारै मानिस शिथिल हुन्छ ।

कसलाई हुन्छ रक्तअल्पता ?

रक्तअल्पताको समस्या विशेषगरी महिला त्यसमाथि गर्भवतीमा बढी हुने गर्दछ । यो युवती, किशोरी र बालिकामा देखा पर्न सक्छ । यस अलावा पुरुषमा पनि रक्तअल्पताको समस्या हुनसक्छ ।

रक्तअल्पताका कारणले गर्भको शिशुलाई असर पार्दछ । रक्तअल्पता हुदाँ कम तौलको बच्चा जन्मने, बच्चा जन्माउन गाह्रो हुने र आमा र बच्चा दुबैको मृत्यु पनि हुनसक्छ । मातृ मृत्युदरमा रक्तअल्पता पनि प्रमुख कारणहरुमा पर्दछ ।

रक्तअल्पताबाट बच्ने उपाय

– रक्तअल्पताबाट बच्नका लागि प्रोटिनयुक्त खानाको प्रयोग बढाउनु पर्दछ ।
– भिटामिन बी, फोलिक एसिड र आइरनयुक्त खानेकुराको खानु पर्दछ ।
– मासु, भटमास, दाल, राजमा, बोडी सेवनले पनि रक्तअल्पताबाट बचाउँछ ।
– फलामको भाडामा पकाएर खाने वानी बसाउनु पर्दछ ।
– घिउ, चाकू, शखरखण्ड, जौ, कागतीले पनि रक्तअल्पताबाट बचाउँछ ।
– साग, सिस्नो, गिठ्ठा, भ्याकुर, कोदो, फापरको प्रयोगले पनि रक्तअल्पताबाट बच्न सकिन्छ ।
– गर्भवती महिलाले चिकित्सकको परामर्शमा आइरन चक्कीको प्रयोग गर्नु पर्दछ ।

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  १० : ५५ बजे

विद्युत् चुहिएर आगलागी हुँदा दुई लाखको क्षति

दमौली – व्यास नगरपालिका–५ मानुङकोटस्थित एक होटलमा आगलागी हुँदा करिब

रौतहटमा ‘स्वाइन फिभर’लागेर बङ्गुर मर्न थाले

चन्द्रपुर- चन्द्रपुर नगरक्षेत्रमा स्वाइन फिभर लागेर बङ्गुर मर्न थालेका छन्

रास्वपाको बलियो सरकारसँग कलाकर्मीको अपेक्षा, ‘चलचित्र बोर्डलाई स्वायत्त बनाइयोस्’

काठमाडौं- आफ्नो घोषणा पत्रमा ‘फिल्म क्षेत्र’ भन्ने शब्द नै नराखेको

पश्चिम एसिया संकट : उद्धार उडान आज पनि

काठमाडौं– सरकारको समन्वयमा नेपाल वायुसेवा निगमले पश्चिम एसियाका विभिन्न देशमा

स्वर्णिम वाग्लेको चुनाव खर्च २५ लाख ९० हजार

काठमाडौं– प्रतिनिधि सभा सदस्यमा तनहुँ जिल्ला क्षेत्र नम्बर १ बाट