सिंहदरबारभित्र ५०८ को स्वाब संकलन  | Khabarhub Khabarhub

सिंहदरबारभित्र ५०८ को स्वाब संकलन 


१४ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रले स्वाब संकलन गर्न प्रयोगमा ल्याएको ‘मोबाइल स्वाब कलेक्शन भेहिकल’ प्रभावकारी देखिएको छ ।

नेपाली सेनाको सहयोगमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले स्वाब संकलनका लागि पहिलो पटक प्रविधियुक्त यस्तो गाडी प्रयोगमा ल्याएको हो ।

विश्वभर फैलिरहेको कोरोना भाइरसको सङ्क्रमणबाट चिकित्सकलाई जोगाउन नाष्टले गाडीभित्र यस्तो प्रविधि जडान गरेको हो ।

उक्त उपकरणबाट आज सिंहदरबार परिसरमा महान्यायाधिवक्तासहित ५०८ जनाको स्वाब संकलन गरिएको छ ।

सिहदरबारभित्र बढी भीड रहेका मन्त्रालयका शाखा, महाशाखा तथा फोहर संकलन र चमेना गृहमा खटिने जनशक्तिलाई लक्ष्य गरेर त्यहाँ यस घुम्ती भ्यानलाई प्रयोग ल्याइएको केन्द्रले जनाएको छ ।

दैनिकरुपमा ५०० देखि ७०० जनासम्मले सजिलै स्वाव संकलन गर्न सकिने भएकाले यो उपकरण सहज र उपयोगी सावित भएको चिकित्सकको प्रारम्भिक प्रतिक्रिया रहेको छ ।

चिकित्सकले कोरोना प्रभावित व्यक्तिबाट स्वाब संकलन गर्दा हुनसक्ने सङ्क्रमणको खतरालाई अन्त्य गर्न पीपीई, ग्लोब्स, पोजिटिभ प्रेसर च्याम्बर, भाइरस फिल्टर गर्ने प्रविधि र आइस बक्सलगायत आवश्यकीय वस्तु यसभित्र जडान गरिएको छ ।

यस भ्यानमा स्वाब संकलनका लागि चाहिने जति सबै प्रविधि जडान गरिएको नाष्टका वरिष्ठ प्रविधि अधिकृत डा शंकर ढकालले बताए ।

स्वास्थ्यकर्मीले आफ्नो खुट्टाले स्विच अन गर्दा पीपीई, ग्लोब्स र चालकले हातले स्विच अन गर्दा पूरै गाडी सङ्क्रमणमुक्त हुने प्रविधि यसमा जडित छ ।

भ्यानभित्रको निःसङ्क्रमित क्याबिनमा तीन स्वास्थ्यकर्मी रहन सक्छन् जसबाट बाहिर बसेका सेवाग्राहीलाई सहजरुपमा सेवा उपलब्ध हुनेछ ।

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  ७ : २७ बजे

लोकतन्त्रका लागि लडेर आएकाले यसको रक्षार्थ कटिबद्ध छौँ : प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र, मानवअधिकार, शान्ति र सामाजिक

काशीनाथले आत्मआलोचना गर्न खोज्दा जब शंकरले रोके

काठमाडौ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई लोकतान्त्रिकरणका लागि

धुलिखेल अस्पतालबाट बीमा सेवा हटाउने मन्त्रीको निर्णयप्रति असन्तुष्टि

काभ्रे– स्वास्थ्य मन्त्री प्रदीप पौडेल बीमाबाट स्वास्थ्य उपचारसम्बन्धी पछिल्लो निर्णयबाट

प्रदीप पौडेलको एक वर्ष- स्वास्थ्य क्षेत्र सुधारमा सक्रियता

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले एक वर्षमा आफूले

विद्या भण्डारीबारे ओली- राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा फर्किन खोज्नु गम्भीर विषय

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले