स्मार्टफोन बिक्रीमा हुवावेले सामसुङलाई उछिन्यो « Khabarhub

स्मार्टफोन बिक्रीमा हुवावेले सामसुङलाई उछिन्यो


१५ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चीनको स्मार्टफोन निर्माता कम्पनी हुवावेले यस वर्षको दोस्रो त्रैमासिक अवधिमा स्मार्टफोन बिक्रीमा नयाँ विश्व रेकर्ड कायम गरेको छ । स्मार्टफोन बिक्रीको अनुगमन गर्ने क्यानालिसका अनुसार हुवावेले सामसुङलाई पछि पार्दै पहिलो पटक नयाँ रेकर्ड बनाएको हो ।

क्यानालिसका अनुसार अमेरिकी प्रतिबन्धको सामना गरिरहेको हुवावेले ५ करोड ५८ लाख थान स्मार्टफोन अन्यत्र पठाएको छ । जबकि‌, सामसुङले यही अवधिमा ५ करोड ३७ लाख थान स्मार्टफोन निर्यात गरेको छ ।

अमेरिकी प्रतिबन्धका कारण हुवावेका मोबाइल सेटहरुको विदेशमा बिक्री घटेको छ, तर स्वदेशमा हुवावेका सेटहरुको माग तीव्र छ । हुवावेका सेटहरुमध्ये ७० प्रतिशतभन्दा बढी चीनमै बिक्री भइरहेका छन्, क्यानालिसले जनाएको छ ।

क्यानालिसका अनुसार हुवावेका स्मार्टफोनको निर्यात दोस्रो त्रैमासिक अवधिमा झण्डै एक तिहाइले घटेको छ । क्यानालिसका विश्लेषक मो जियाले चिनियाँ बजारले मात्र हुवावेलाई विश्वको पहिलो श्रेणीको स्मार्टफोन निर्माता कम्पनीका रुपमा टिकाइराख्न नसक्ने चेतावनी दिएका छन् ।

दुरसंचार नेटवर्किङ उपकरण उत्पादनमा बर्चश्व कायम गर्न थालेको हुवावेलाई लिएर संयुक्तराज्य अमेरिका र चीनबीच विवाद पनि बढेको छ । अमेरिकाले हुवावेका कारण विश्वमै साइबर सुरक्षामा चुनौती खडा हुने चेतावनी दिँदै आएको छ ।

अमेरिकाले हालैमात्र हुवावेलाई अमेरिकी बजारमा प्रतिबन्ध लगाएको छ भने यस कम्पनीलाई एक्ल्याउन विश्वव्यापी अभियान नै सञ्चालन गरिरहेको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहीबार  २ : ३४ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह