प्राकृतिक प्रकोपबाट ज्यान गुमाउनेका परिवारलाई प्रतिव्यक्ति २ लाख दिइने | Khabarhub Khabarhub

प्राकृतिक प्रकोपबाट ज्यान गुमाउनेका परिवारलाई प्रतिव्यक्ति २ लाख दिइने


१५ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले बाढी, पहिरोजस्ता विपदमा परी मृत्यु भएमा मृतकका परिवारलाई प्रतिव्यक्ति दुई लाख उपलब्ध गराउने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विपत्‌मा परी मृत्यु भएका व्यक्तिका परिवारलाई प्रतिव्यक्ति दुई लाख रुपैयाँ र एक परिवारका एकजनाभन्दा बढीको मृत्यु भएमा प्रतिव्यक्ति एक लाख थप गरी राहत उपलब्ध गराइने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता तथा अर्थ तथा सञ्‍चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले उक्त रकम एकद्वार प्रणालीमार्फत उपलब्ध गराइने बताएका छन् ।

उनले संघ, प्रदेश र स्थानीय तहबाट उपलब्ध गराउँदा कसैलाई दोहोरो पर्ने र कसैले पाउँदै नपाउने स्थिति भएकोले एकद्वारा प्रणाली अपनाइएको बताए ।

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहीबार  ३ : ४९ बजे

अध्यक्ष लामिछानेविरुद्ध राज्य संयन्त्रको दुरुपयोग गरी षड्यन्त्र भइरहेको छ : रास्वपा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शनिबार तेस्रो स्थापना दिवस मनाएको

फिल्म ‘गलवान’को लागि तौल घटाउँदै छन् सलमान

काठमाडौं– बलिउड नायक सलमान खान नयाँ फिल्मको तयारीमा जुटेको पाइएको

मानव स्वास्थ्यका लागि योग : केही अभ्यास (तस्बिरहरू)

काठमाडौं– आज ११औँ विश्व योग दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

सहयोग र श्रमदानबाट खेलमैदान निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ५ पाउद्धारमा स्थानीयवासीले थप १६ लाख

मानव अङ्ग प्रत्यारोपणको क्षेत्रमा नेपालको उपलब्धि महत्त्वपूर्ण : मन्त्री पाण्डे

ललितपुर– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मानव अङ्ग