डिजिटल भुक्तानीका लागि एनएमबि बैंकद्वारा एन–क्लाउडसँग सम्झौता « Khabarhub

डिजिटल भुक्तानीका लागि एनएमबि बैंकद्वारा एन–क्लाउडसँग सम्झौता


१६ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एनएमबि बैंकले यातायात क्षेत्रमा डिजिटल भुक्तानी च्यानल प्रबर्द्धन गर्न एन–क्लाउड प्राइभेट लिमिटेडसँग सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।

उक्त सम्झौताले सम्पर्क रहित कार्ड र पीओएस टर्मिनलहरूको माध्यमबाट सार्वजनिक यातायातहरूमा डिजिटल भुक्तानी संकलन प्रणाली लागू गर्नेछ ।

यस परियोजनाको शुरुवात किपु बस सेवा प्रा.लि. सँग हुनेछ जहाँ यात्रुहरूले बस भाडा कार्डको प्रयोग गरी सम्पर्क रहित भुक्तानी गर्न सक्नेछन् । समझदारीपत्रमा एनएमबि बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी. र एन–क्लाउडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपेन्द्रनारायण श्रेष्ठले हस्ताक्षर गरे ।

कोभिड–१९ को प्रतिकुल परिस्थिति र अपनाउनु पर्ने सुरक्षा उपायहरूको माझमा गरिएको यो सम्झौता सामाजिक दूरी कायम गर्न मद्दत पु¥याउन यातायात क्षेत्रमा यस परिवेशमा प्रदान गरिएकोे पहिलो प्रयास हो । यो परियोजना नेपाल राष्ट्र बैंकको निर्देशन अनुरूप डिजिटलाइसनको तर्फ केन्द्रित रही नगदबाट नगद रहित समाज रूपान्तरणको दिशामा उन्मुख छ ।

बैंकले चाँडै नै अन्य बस समितीसँग समझदारी गरी समानान्तर बस भाडा संकलन प्रणालीको लागी अन्य बस अपरेटरहरूसँग पनि सहकार्य शुरू गर्ने उद्देश्य लिएको छ ।

‘हालको परिप्रेक्ष्यमा यो सेवाको सुरुवात गर्नु सुरक्षाको मामलामा कुनै सम्झौता बिना ग्राहकवर्गलाई विद्युतीय वित्तीय सेवाहरु छनौट गर्न सहयोग पु¥याउने सुरक्षित वातावरण तयार पार्नु हो’ बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  ४ : ५२ बजे

टनकपुर ब्यारेजबाट छिट्टै पानी पाउनेमा विश्वस्त छौं : मन्त्री कुलमान घिसिङ

कञ्चनपुर – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात

मार्गमात्रै प्रयोग गर्दा शुल्क उठाउन नमिल्ने अर्थ मन्त्रालयको प्रष्टोक्ति

काठमाडौं– अर्थ मन्त्रालयले मालवस्तुको ढुवानीका लागि मात्रै मार्ग प्रयोग गर्दा

पहिलो पाँच महिनामा बागमतीको पुँजीगत खर्च ४.४७ प्रतिशत

बागमती– बागमती प्रदेशले चालु आर्थिक वर्ष (आव)को प्रथम पाँच महिनामा

‘पिकअप भ्यान’ सहित १७६ किलो गाँजा बरामद

वीरगञ्ज– एक सय ७६ किलोग्राम गाँजा बोकेको पिकअप भ्यानसहित पर्सा

एमाले महाधिवेशन : सुरु भयो मतदान

काठमाडौं– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि