भ्रष्टाचारको गन्ध आए सैह्य हुने छैन– प्रधानमन्त्री ओली « Khabarhub

भ्रष्टाचारको गन्ध आए सैह्य हुने छैन– प्रधानमन्त्री ओली


२४ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले परिणाम देखिने गरी काम गर्न मातहतका निकायलाई कडा निर्देशन दिएका छन् ।

प्रधानमन्त्री ओलीले भ्रष्टाचार हुन नदिन पनि सबै सरकारी निकायलाई पारदर्शी ढंगले काम गर्न पनि सचेत गराए ।

आइतबार सिंहदरबारमा बसेको गरिवी निवारणको कोषको ७० औं संचालक समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचारको गन्ध कहिँकतै आएको पाइए सैह्य नहुने चेतावनी दिए ।

कोषका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले गरिबी निवारणको क्षेत्रमा गरेका कामको मूल्याङ्कन गरेर मात्रै गरिबी निवारण कोषको लागि आगामी आर्थिक वर्षको बजेटको व्यवस्था गर्ने बताए ।

गरिबी निवारण कोषको आर्थिक क्रियाकलापको अनुमगन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिवको नेतृत्वमा ५ सदस्यीय समिति पनि बनाइएको छ ।

यस्तै, कोषसँग सम्बन्धित ३२ हजार संस्थाहरुलाई बजेटसहित स्थानीय तहबाट संचालन गर्ने निर्णय पनि गरिएको कोषका उपाध्यक्ष भट्टराईले बताए ।

गरिवी निवारणसँग सम्बन्धित हाल ३२ हजार संस्थाहरु रहेका छन् । उनीहरुको संचालन र त्यसमा रहेको कोषको परिपाचन पनि स्थानीय तहले नै गर्ने कोषले निर्णय लिएको पनि गरिवी निवारण कोषले जनाएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७५, आइतबार  ४ : २२ बजे

टेम्पो भिरमा खसालिएको घटनामा १२ जना वन कर्मचारी प्रहरी नियन्त्रणमा

धनगढी – कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा वन अतिक्रमण हटाउने क्रममा

देशलाई सुधार गर्ने अनुकूल अवस्था आएको छ, यो अवसर चुकाउनु हुँदैन : गगन थापा

ललितपुर – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशलाई सुधार गर्ने

डोरी नबाँधी बन्जी जम्प गराउँदा २१ वर्षीय युवतीको मृत्यु

काठमाडाैं – ब्राजिलको साओ पाउलो राज्यमा बन्जी जम्पिङका क्रममा भएको

अनुमतिबिनै नेपाली आकाशमा उड्यो भारतीय सैनिक हेलिकोप्टर

धनगढी – भारतको इन्डो–टिबेटियन बोर्डर पुलिस (आईटीबीपी)का महानिर्देशक सत्रुजित कपुर

दुई मन्त्रीसँगको फोटो राख्दै बालेनले लेखे– देश बनाउने टोली

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा सार्वजनिक गरेको पछिल्लो