काठमाडौंको एक अफिसमा सोफामुनि सकेट बम फेला « Khabarhub

काठमाडौंको एक अफिसमा सोफामुनि सकेट बम फेला


२५ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको बसुन्धारास्थित एक कार्यालयमा सकेट बम फेला परेको छ ।

बसुन्धारामा रहेको ओसिस क्याफेसँगै जोडिएको घरमा सञ्चालित कल्चरल सेन्टरको कार्यालयमा सकेट बम फेला परेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले कार्यालयको सोफा मुनि सकेट बम फेला परेको जानकारी दिए ।

सकेट बम फेला परेको सूचनाका आधारमा घटनास्थलमा पुगेको प्रहरीले बम डिस्पोज गर्ने अवस्था नरहेपछि सेनालाई खबर गरेको छ ।

‘सकेट बम छ, प्रहरीले त्यसलाई निस्तेज गर्ने अवस्था नभएपछि सेनालाई खबर गरेका छौं,’ डिएसपी बोगटीले खबरहबसँग भने, ‘अहिले सेनाको टोली घटनास्थलमा पुग्दै छ ।’

बम भेटिएको ठाउँमा प्रहरीले अहिले पहरा दिइरहेको छ । अफिसको सोफामा कसले र कसरी बम राख्यो भन्ने विषयमा छानबिन भइरहेको डिएसपी बोगटीले जानकारी दिए ।

प्रहरीले सोधपुछका लागि कल्चरल सेन्टरका सञ्चालक प्रकाश सुवेदीसहित ४ जनालाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७५, सोमबार  २ : ४३ बजे

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब

प्रधानमन्त्री कार्कीलाई भेटेपछि सुदनले भने : प्रत्येक मिनेट राष्ट्रका लागि महत्त्वपूर्ण छ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुदन गुरुङले प्रधानमन्त्री