अन्सु फाति र बुस्क्वीट्सलाई स्पेनको राष्ट्रिय टोलीमा बोलाइयो « Khabarhub

अन्सु फाति र बुस्क्वीट्सलाई स्पेनको राष्ट्रिय टोलीमा बोलाइयो


४ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्पेनको राष्ट्रिय टोलीका लागि बार्सिलोनाका युवा स्टार अन्सु फाति र सर्जियो बुस्क्वीट्सलाई बोलाएको छ ।

बिहीबार बार्सिलोनाले ट्वीट गर्दै आफ्ना दुई खेलाडीलाई स्पेनको राष्ट्रिय टोलीमा बोलाइएको पुष्टि गरेको छ ।

स्पेनले सेप्टेम्बरमा हुने नेसनल लिगका लागि खेलाडी बोलाएको हो । नेसन्स लिगको समुह ए मा रहेको स्पेनले सेप्टेम्बरमा जर्मन युक्रेनसँग खेल्दैछ ।

स्पेनका मुख्य प्रशिक्षक लुइस इन्रीकले दुई युवा खेलाडीलाई टोलीमा बोलाएका छन् । स्पेनले जर्मनसँग नेसनल लिग अन्तरगतको खेलमा सेप्टेम्बर ४ मा खेल्दैछ भने युक्रेनसँग ७ तारिखमा खेल्नेछ ।

बार्सिलोना च्याम्पियन्स लिगको क्वाटरफाइनलमा बार्यन म्युनिखसँग ८–२ गोल अन्तरले पराजित हुँदा फाति र बुस्क्वीट्सले खेलेका थिए ।

फातिले स्पेनको उमेर समुहका खेल खेलेका थिए । तर, सिनियर टीममा भने उनलाई पहिलो पटक बोलाइएको समाचारहरुमा जनाइएको छ ।

स्पेनिस टोली
गोलरक्षक : डेविड डि गेया, किपा आरिजाव्लागा र उनाइ सिमोन

डिफेन्डर : जिसस नाभास, ड्यानी कार्भाहाल, सर्जियो रामोस, पाउ टोरेस, डिएगो लोरेन्टे, जोसे गाया, सर्जियो रेगुइलोन, एरिक गार्सिया, ,

मिडफिल्डर : फाबियन रुइज, थियागो अल्कान्ट्ररा, सर्जियो बुस्केट्स, रोड्री हर्नान्डेज, मिकेल मारिनो, ड्यानी अल्मो, ओस्कार रोड्रीग्वेज

फरवार्ड : रोड्रीगो मोरेनो, मिकेल ओयाराज्वाल, अडामा ट्राओरे, मार्को असेन्सियो, अन्सु फाती, फेरान टोरेस

प्रकाशित मिति : ४ भाद्र २०७७, बिहीबार  ५ : ४४ बजे

दीपालाई अध्यक्षबाट ‘कू’ गरेका जितु उनकै कार्यवाहक !

काठमाडौं – विशाल भण्डारी निर्देशित ‘कमेडी नाइटविथ च्याम्पियन’को अध्यक्षको भूमिकामा

नेपालको विकास यात्रामा रुसको महत्त्वपूर्ण योगदान छ : वर्षमान पुन 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा पूर्व अर्थमन्त्री वर्षमान

सोनम वाङ्चुकलाई तुरुन्तै मेदान्ता अस्पताल सार्नू : दिल्ली उच्च अदालत

काठमाडौं- दिल्ली उच्च अदालतले लामो समयदेखि अनसन बसिरहेका भारतका सामाजिक

शिक्षामन्त्री पोखरेल र अमेरिकी कार्यवाहक राजदूत अर्बमबीच भेटवार्ता

काठमाडौं- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका

तयारी पोसाक उद्योगको विकास र प्रवर्द्धनमा सरकार प्रतिबद्ध : प्रधानमन्त्री 

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित कच्चा पदार्थमा आधारित गुणस्तरीय