अन्सु फाति र बुस्क्वीट्सलाई स्पेनको राष्ट्रिय टोलीमा बोलाइयो | Khabarhub Khabarhub

अन्सु फाति र बुस्क्वीट्सलाई स्पेनको राष्ट्रिय टोलीमा बोलाइयो


४ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्पेनको राष्ट्रिय टोलीका लागि बार्सिलोनाका युवा स्टार अन्सु फाति र सर्जियो बुस्क्वीट्सलाई बोलाएको छ ।

बिहीबार बार्सिलोनाले ट्वीट गर्दै आफ्ना दुई खेलाडीलाई स्पेनको राष्ट्रिय टोलीमा बोलाइएको पुष्टि गरेको छ ।

स्पेनले सेप्टेम्बरमा हुने नेसनल लिगका लागि खेलाडी बोलाएको हो । नेसन्स लिगको समुह ए मा रहेको स्पेनले सेप्टेम्बरमा जर्मन युक्रेनसँग खेल्दैछ ।

स्पेनका मुख्य प्रशिक्षक लुइस इन्रीकले दुई युवा खेलाडीलाई टोलीमा बोलाएका छन् । स्पेनले जर्मनसँग नेसनल लिग अन्तरगतको खेलमा सेप्टेम्बर ४ मा खेल्दैछ भने युक्रेनसँग ७ तारिखमा खेल्नेछ ।

बार्सिलोना च्याम्पियन्स लिगको क्वाटरफाइनलमा बार्यन म्युनिखसँग ८–२ गोल अन्तरले पराजित हुँदा फाति र बुस्क्वीट्सले खेलेका थिए ।

फातिले स्पेनको उमेर समुहका खेल खेलेका थिए । तर, सिनियर टीममा भने उनलाई पहिलो पटक बोलाइएको समाचारहरुमा जनाइएको छ ।

स्पेनिस टोली
गोलरक्षक : डेविड डि गेया, किपा आरिजाव्लागा र उनाइ सिमोन

डिफेन्डर : जिसस नाभास, ड्यानी कार्भाहाल, सर्जियो रामोस, पाउ टोरेस, डिएगो लोरेन्टे, जोसे गाया, सर्जियो रेगुइलोन, एरिक गार्सिया, ,

मिडफिल्डर : फाबियन रुइज, थियागो अल्कान्ट्ररा, सर्जियो बुस्केट्स, रोड्री हर्नान्डेज, मिकेल मारिनो, ड्यानी अल्मो, ओस्कार रोड्रीग्वेज

फरवार्ड : रोड्रीगो मोरेनो, मिकेल ओयाराज्वाल, अडामा ट्राओरे, मार्को असेन्सियो, अन्सु फाती, फेरान टोरेस

प्रकाशित मिति : ४ भाद्र २०७७, बिहीबार  ५ : ४४ बजे

‘डाइभर्सन’ बगाउँदा कान्तिलोकपथ अवरुद्ध

मकवानपुर– हेटौँडा–काठमाडौं जोड्ने कान्तिलोकपथ अवरुद्ध भएको छ । वर्षासँगै आएको

इजरायलको आक्रमणमा गाजामा १५१ जनाको मृत्यु

इजरायल – केही दिन अघि गाजामा भीषण हवाई आक्रमण सुरु

कोशी प्रदेशसभामा आज नीति तथा कार्यक्रम प्रस्तुत गरिने

विराटनगर– कोशी प्रदेशसभा बैठक आज बस्दैछ । बैठक दिउँसो ३

रोमानिया निर्वाचन : रुस विरोधी निकोसार राष्ट्रपतिमा निर्वाचित

रोमानिया – धेरै महिनाको राजनीतिक अशान्तिपछि रोमानियामा भएको राष्ट्रपति पदको