आज ८३८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३० हजार ४८३ पुग्यो « Khabarhub

आज ८३८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३० हजार ४८३ पुग्यो


५ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा शुक्रबार थप ८३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गरिएको १३ हजार ५७९ जनाको पीसीआर परीक्षणमा २९२ महिला र ५४६ जना पुरुषमा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए।

याे सँगै नेपालमा संक्रमित हुनेकाे संख्या ३० हजार ४८३ पुगेकाे छ।

सक्रिय संक्रमित १२ हजार १३२ रहेका छन् । यसअघि विहीबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या २९ हजार ६४५ थियो ।

पछिल्लो २४ घण्टामा थप २५०  जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १८ हजार २१४ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

यसअघि विहीबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १७ हजार ९६४ थियो ।

मन्त्रालयका अनुसार शुक्रबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १३७  पुगेको छ ।

 

प्रकाशित मिति : ५ भाद्र २०७७, शुक्रबार  ४ : ३२ बजे

चाडपर्व नजिकिँदै गर्दा मूल्यवृद्धि नियन्त्रणमा सरकार असफल भएको एमालेको आरोप

काठमाडौँ – नेकपा (एमाले) ले चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य

वित्तीय समावेशीकरण र पहुँच विस्तारका लागि राष्ट्र बैंकले गर्‍यो फिनटेक रणनीति सार्वजनिक

काठमाडौँ – नेपालमा डिजिटल वित्तीय सेवाको दायरा फराकिलो बनाउँदै वित्तीय

विपत् व्यवस्थापनमा भोटेकोशी बाढीले पढाएको पाठ

भनिन्छ– प्राकृतिक विपत्ति कहिल्यै निम्तो दिएर आउँदैन। बाढी, पहिरो, चट्याङ,

आर्सनलका युवा प्रतिभा डोउम्यानको दुई गोलमा आर्सनलको जित

काठमाडौँ – १६ वर्षीय युवा खेलाडी म्याक्स डोउम्यानको दुई गोलमद्दतमा

अनुदानले व्यावसायिक पशुपालनमा वृद्धि

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकबाट मात्र दैनिक तीन हजार लिटर