भारतमा एकैदिन ७० हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण « Khabarhub

भारतमा एकैदिन ७० हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण


७ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतमा एकैदिन ७० हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण भएको छ ।

पछिल्लो २४ घण्टामा ७० हजार ६८ जना संक्रमित भएसँगै आइतबार यो समाचार तयार पार्दासम्म भारतमा कोरोना संक्रमितको संख्या ३० लाख ४३ हजार ४३६ पुगेको हो ।

संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा तेस्रो हो ।

संक्रमितमध्ये अहिलेसम्म २२ लाख ७९ हजार ९०० जना संक्रमणमुक्त भएका छन् भने ७ लाख ६ हजार ६९० जनाको उपचार भइरहेको छ ।

यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले ५६ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ९१८ जनाको मृत्यु भएपछि भारतमा आइतबार यो समाचार तयार पार्दासम्म मृत्यु हुनेको संख्या ५६ हजार ८४६ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रकाशित मिति : ७ भाद्र २०७७, आइतबार  ५ : ५४ बजे

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले

नेपाल बार एशोसिएशनले मनायो ७० औँ स्थापना दिवस

काठमाडौं– कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एशोसिएशनले ७० औँ