निषेधाज्ञा पालना गराउँदै वडाध्यक्ष « Khabarhub

निषेधाज्ञा पालना गराउँदै वडाध्यक्ष


७ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बिहान ८ बजे तिर भरतपुर महानगरपालिका–११ को जागृति चोकमा वडाध्यक्ष बाबुराम अधिकारी निषेधाज्ञा पालना गर्न आग्रह गर्दै सवारी साधन रोक्दै थिए । सँगै रहेका प्रहरीले निषेधाज्ञा उल्लङ्घन गरेको भन्दै जरिवाना रसिद काटिरहेका थिए ।

आफैँले भोट दिएर जिताएका वडाध्यक्षले जरिवाना गर्न लगाएकोमा केहीको चित्त दुखाइरहेका थिए । वरपर बसेर हेर्नेहरुले भने वडाध्यक्षको तारिफ गरिरहेका थिए । महानगर क्षेत्रमा आज नवौँ दिन निषेधाज्ञा जारी छ । अधिकारी भन्छन, “म बिहानैदेखि राति अबेरसम्म वडा सदस्य, प्रहरी, स्वास्थ्यकर्मी र वडा सचिवसहित निषेधाज्ञा पालनका लागि लागिरहेको छु ।”

यो भरतपुर महानगरको सबै भन्दा ठूलो वडा हो । यहाँ ३५ हजार जनसङ्ख्या रहेको अधिकारी बताउँछन्नु । भरतपुरको मुख्य शहरी क्षेत्र सँगै रहेकाले यहाँ न्यून वगका सुकुम्वासीदेखि सम्पन्नसम्म बसोबास गर्दछन् । वडा सदस्यहरुसहित वडाको भोजाडमा रहेको प्रहरी चौकीमा रहेका प्रहरी सहायक निरीक्षक वसन्त पौडेल, जलदेवी स्वास्थ्य चौकीका प्रमुख चिरञ्जीवी कँडेल, वडा सचिव ओमप्रकाश न्यौपानेले अधिकारीलाई साथ दिइरहेका छन् ।

वडामा हालसम्म १६ जनालाई कोरोना सङ्क्रमण भइसकेको कँडेलले बताए । तीमध्ये एक जनाको मृत्यु भएको छ भने नौ सक्रिय सङ्क्रमित छन् । जिल्लाका सात स्थानीय तहमा ९८ वडा छन् । ती अधिकांश स्थानमा वडाध्यक्ष यसरी नै रोग नियन्त्रणका लागि जुटिरहेका छन्नु ।

भरतपुर–३ का वडाध्यक्ष चन्द्रमित्र पण्डित घरमा बस्दा दिनभर फोनमै काम गरिरहनु पर्ने र निषेधाज्ञा लागु गराउन सडकमा जानुपर्दा छुच्चो हुनुपरेको बताए । उनले भने, “निषेधाज्ञा सरकारका लागि नभएर हाम्रा लागि हो । हामी सबै सचेत हुनुपर्छ ।”

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तिराज गुरुङ जनप्रतिनिधिहरुले निषेधाज्ञा कार्यान्वयन गराउन प्रहरीलाई साथ दिएको बताउँछन् । बिहान सबेरैदेखि राति अबेरसम्म कार्यक्षेत्रमा खटिरहनुभएका गुरुङले रोगको जोखिमको बारेमा आम जनताले बुझिरहेको बताए । उनले भने, “सबै एकजुट भयौं भने रोगसँग लड्न सक्छौ ।”

जिल्लामा दैनिक सङ्क्रमित बढ्दै गएको छ । आजसम्म सङ्क्रमितको सङ्ख्या ३३३ नाघिसकेको छ भने जिल्लाका तीन जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ । दैनिक सङ्क्रमित बढ्दै गएपछि जिल्लाभर निषेधाज्ञा जारी छ । बिहान र बेलुका अत्यावश्यक पसलहरु खुलेका भए पनि अन्यलाई रोक लगाइएको छ । जनप्रतिनिधिहरु यसरी जुटिरहँदा समेत अवज्ञा गर्नेहरु पनि ठाउँठाउँमा भेटिएका छन् । निषेधाज्ञाको अवज्ञा गर्नेहरुलाई कारवाही तीव्र पारिएको गुरुङले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले वडा तहका जनप्रतिनिधिहरुको भूमिका प्रशंसनीय रहेको भन्दै वडा र टोलले निषेधाज्ञा कार्यान्वयनमा भूमिका निर्वाह गरिरहेको । उनले भने, “समन्वयमा उहाँहरुको भूमिका प्रभावकारी छ । अझै उहाँहरु लाग्नु पर्दछ ।” सबै एकजुट भएर कोरोना रोकथाम र नियन्त्रणमा लाग्नुपर्ने उनले बताए ।

प्रकाशित मिति : ७ भाद्र २०७७, आइतबार  १० : ४१ बजे

सर्वपक्षीय बैठकमा ओलीबारे कांग्रेसले भन्यो : नेतामाथि ‘स्थान हद’ लगाएर निर्वाचन हुन सक्दैन

काठमाडौं- आगामी फागुन २१ गते तय प्रतिनिधिसभा सदस्य निर्वाचन तोकिएकै

‘ह्वील अफ फर्च्यून’ टेलिभिजन शो होस्ट गर्दै अक्षय कुमार

काठमाडौं– बलिउडका चर्चित अभिनेता अक्षय कुमार लामो समयपछि टेलिभिजनमा पुनः

एमसीसी कम्प्याक्टअन्तर्गत सडक मर्मतका लागि दुई सम्झौता

काठमाडौं- एमसिए–नेपालले मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) कम्प्याक्टअन्तर्गत सडक मर्मत कार्य

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो

काठमाडौं- आइतबार घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सोमबार पनि

बोर्डको साप्ताहिक ब्रिफिङमा हराएको सुरक्षा पन्त स्टारर ‘धागो’को व्यापार ३९ हजार

काठमाडौं – व्यापार बढाइँचढाइ गरेर दर्शकलाई हलसम्म तान्ने मेकरहरूको कुचेष्टा