काठमाडौंमा विहानैबाट चट्यांङसहित बर्षा, सचेत रहन मौसमविदको सुझाव « Khabarhub

काठमाडौंमा विहानैबाट चट्यांङसहित बर्षा, सचेत रहन मौसमविदको सुझाव


२६ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं उपत्यकामा आज विहानैदेखि हावाहुरी र चट्यांङसहित वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज देशका पूर्वी र मध्य भु–भागमा सामान्य बदली र पश्चिमि भू–भागमा आंशिक बदली रहने जनाएको छ ।

देशको पूर्वी मध्य भू–भागका केही स्थानमा र पश्चिमका १–२ स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको जनाइएको छ । पूर्वी र मध्य तराईका केही स्थानहरुमा हुरी बतास चल्ने सम्भावना छ भने हिमालि भेगका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना छ ।

रातिः देशका पूर्वी भु–भागमा आंशिक देखि सामान्य बदली र बाँक्री भू–भागमा आंशिक बदली रहनेछ । देशको पुर्वी तथा मध्य भू–भागका केही स्थानमा र पश्चिमी पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जनका साथ हल्का वर्षाको सम्भावना देखिन्छ।

पूर्वि तथा मध्य तराईका केही स्थानहरुमा हुरि बतास चल्ने सम्भावना छ । मध्य र पूर्वी हिमाली भेगका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना छ ।

चैत्र २७ गते (बुधबार)

दिउँसोः देशको प्राय: स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ तथापि अपरान्ह पश्चात सामान्य बदलि भई मेघ गर्जन सहित हल्का वर्षाको सम्भावना छ ।

राति: देशभरि आंशिक बदलि रहनेछ । देशको थोरै स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको सम्भावना छ ।

बंगालको खाडीमा उत्पन्न जलवास्पका कारण नेपालको मौसम बदली हुने तथा मेघ गर्जनसहितको पानी पर्ने मौसम पूर्वानुमान महाशाखाका मौसमविद बरुण पौडेलले बताए । उनले सचेत रहन समेत सुझाव दिएका छन् ।

प्रकाशित मिति : २६ चैत्र २०७५, मंगलबार  ५ : ५४ बजे

टेम्पो भिरमा खसालिएको घटनामा १२ जना वन कर्मचारी प्रहरी नियन्त्रणमा

धनगढी – कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा वन अतिक्रमण हटाउने क्रममा

देशलाई सुधार गर्ने अनुकूल अवस्था आएको छ, यो अवसर चुकाउनु हुँदैन : गगन थापा

ललितपुर – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशलाई सुधार गर्ने

डोरी नबाँधी बन्जी जम्प गराउँदा २१ वर्षीय युवतीको मृत्यु

काठमाडाैं – ब्राजिलको साओ पाउलो राज्यमा बन्जी जम्पिङका क्रममा भएको

अनुमतिबिनै नेपाली आकाशमा उड्यो भारतीय सैनिक हेलिकोप्टर

धनगढी – भारतको इन्डो–टिबेटियन बोर्डर पुलिस (आईटीबीपी)का महानिर्देशक सत्रुजित कपुर

दुई मन्त्रीसँगको फोटो राख्दै बालेनले लेखे– देश बनाउने टोली

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा सार्वजनिक गरेको पछिल्लो