एथलेटिक्स खेलाडी लामागादेमाथि हातपात गर्नेलाई कडा कारबाही गर्न खेलकुद संघको माग « Khabarhub

एथलेटिक्स खेलाडी लामागादेमाथि हातपात गर्नेलाई कडा कारबाही गर्न खेलकुद संघको माग


१० भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले एथलेटिक्स खेलाडी चन्द्रकला लामागादेमाथि हातपात गर्नेलाई कारबाहीको माग गरेको छ ।

बुधबार विज्ञप्ति जारी गर्दै संघले जातीय विभेदसहित लामागादेमाथि  कुटपिट भएको भन्दै दोषिलाई हदैसम्मको कारबाही गर्न माग गरेको हो ।

‘चन्द्रकला लामगादेमाथि जातीय  विभेदसहित कुटपिट  गरी सख्त  घाइते  बनाउने दुर्गा श्रेष्ठ र उनकी पत्नीलाई हदै सम्मको कार्वाहीको लागि सम्बन्धित निकायसमक्ष जोडदार माग गर्दछौ,’  संघका अध्यक्ष दिपक श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘संबिधानले नै  जातीय दुर्ब्यवहारका घटनालाई  प्रतिबन्ध  गरेको र संबिधानले रोक  लगाएको यस्तो अमानवीय घटनाको नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ घोर भर्त्सना गर्दछ ।’

संघले सम्बन्धित संघ, राष्ट्रिय खेलकुद परिाषद् (राखेप) र युवा तथा खेलकुद मन्त्रालयलाई पनि खेलाडीको अवस्था बुझ्न र सहयोगका लागि अपिल गरेको छ ।

राष्ट्रिय कीर्तिमान कायम गरेकी खेलाडी लामगादे सातौं र आठौं राष्ट्रिय खेलकुदमा एथलेटिक्स सटफुटतर्फ र  ज्याब्लिन थ्रोकी स्वर्ण पदक बिजेता हुन् ।

सात महिनाकी गर्भवती उनीमाथि भएको कुटपिटको एथलेटिक्स संघले यसअघि नै विज्ञप्ति जारी गर्दै सम्बन्धित घटनामा संलग्न सबैलाई कारबाही गर्न माग गरिसकेको छ । एथलेटिक्स संघले उनलाई २१ हजार रूपैयाँ सहयोगसमेत गरेको छ ।

प्रकाशित मिति : १० भाद्र २०७७, बुधबार  ६ : ३७ बजे

जेन-जी आन्दोलनले आत्मसमीक्षा गर्दै सुध्रने अवसर दिएको छ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मधेश प्रदेशमा

चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शनिबार जारी दोस्रो खेलमा अहिले

दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु

एजेन्सी– बन्दुकधारीहरूले शनिबार दक्षिण अफ्रिकाको राजधानी प्रिटोरिया स्थित एक छात्रावासमा

पुराना दल सकिए वा सकिन्छन् भन्ने नसोच्न ओलीको आग्रह

कठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुराना दल सकिए

अबको निर्वाचनमा एमाले बहुमतका साथ फर्किने छ : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शान्तिपूर्ण, भयरहित र