नेपाल बंगलादेश बैंकद्वारा ५ हजार थान ‘रेम्डिसिभर’ हस्तान्तरण « Khabarhub

नेपाल बंगलादेश बैंकद्वारा ५ हजार थान ‘रेम्डिसिभर’ हस्तान्तरण


११ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल बंगलादेश बैंकले कोभिड-१९ को उपचारमा प्रयोग हुने जीवनरक्षक औषधि नेपालमा अभाव भइरहेको बेला दुई करोड २५ लाख रुपैयाँ बराबरका औषधि सहयोग गरेको छ ।

आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वलाई मनन् गर्दै बंगलादेश बैंक, बैंक आईएफआईसी बैंक, बंगलादेश तथा औषधि उत्पादक बेक्सिमको फर्मास्युटिकल, बंगलादेशको संयुक्त पहलमा सो औषधि सहयोग गरिएको हो ।

कोभिड-१९ को उपचारमा प्रभावकारी मानिएको रेम्डिसिभर पाँच हजार थान बिहीबार ढाकास्थित नेपाली राजदूत डा. बंशिधर मिश्रालाई हस्तान्तरण गरिएको छ। उक्त औषधी केही दिनमा नेपाल आइपुग्ने बैंकले जनाएको छ ।

उक्त औषधि अबको एक–दुई दिनभित्रमा नेपाल आइसक्ने र सर्वसाधारण जनताको जीवन रक्षामा प्रयोग हुने बैंकले जनाएको छ । उक्त औषधिको हालको बजार मूल्य करिब दुई कारोड २५ लाख रुपैयाँ भन्दा बढी रहेको छ ।

नेपाल बंगलादेश बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत यसअघि पनि नेपाल सरकारको कोभिड १९ फण्डमा रु एक करोड ४५ लाख प्रदान गरिसकेको छ ।

 

प्रकाशित मिति : ११ भाद्र २०७७, बिहीबार  ४ : १९ बजे

साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै

बागमती– हिमालयन राइडर्स सोसाइटी हेटौँडाले हेटौँडा उपमहानगरपालिका-१८ स्थित गोरक्षतालको प्रवर्द्धन

मानव अधिकार आयोगमा लघुवित्त पीडित : संस्थाले दिएको खानाको भर, माग पूरा नहुन्जेल धर्ना बस्ने 

काठमाडौं– सर्लाही, धनुषासहित मधेशका जिल्लाबाट २३ दिन पैदलयात्रा गरेर काठमाडौं

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कैलाली– कैलालीका १३ वटै स्थानीय तहमा ‘एक स्थानीय तह दुई

देउवालाई प्रदीपको सुझाव- अभिभावक बनेर तटस्थ रहिदिनुस्

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल संस्थापन इतर पक्ष शेरबहादुर देउवाको

पश्चिम बंगालका पूर्व विधानसभा उपसभामुख आशीष बनर्जी पार्टी कार्यालयमै झुन्डिएको अवस्थामा भेटिए

काठमाडौं– पश्चिम बंगाल विधानसभा पूर्वउपसभामुख तथा तृणमूल कांग्रेस (टीएमसी) का