भन्सार छलेर ल्याइएको २२ लाख मूल्य बराबरको सामान बरामद « Khabarhub

भन्सार छलेर ल्याइएको २२ लाख मूल्य बराबरको सामान बरामद


१४ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- सशस्त्र प्रहरीले चालु आर्थिक वर्षको हालसम्म भारतबाट भन्सार छलेर ल्याउँदै गरेको रु २२ लाख मूल्य बराबरको सामान बरामद गरी भन्सार कार्यालय गड्डाचौकीलाई बुझाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ शैलेश्वरी गण तथा मातहतका गुल्म र बोर्डर आउट पोष्टले चालु आवको डेढ महिनाको अवधिमै रु २२ लाख ३६ हजार छ सय ३१ बरावरको किराना, हार्डवेयर, युरिया, कपडा, सवारीसाधनलगायतका सामान बरामद गरी भन्सार कार्यालयमा बुझाएको हो ।

सीमा क्षेत्रहुँदै भारतबाट अवैध रुपमा भित्र्याइएका सामान मोबाइल, पैदल गस्ती टोलीले बरामद गरेको सशस्त्र प्रहरी उपरिक्षक बिरेन्द्र बहादुर ऐरले बताए ।

उनका अनुसार सोही अवधिमा रु तीन लाख पाँच हजार नौ सय ९३ को भारततर्फ तस्करी हुदै गरेको वन पैदावरका रुपमा रहेको सिसौ, सागवान र सालका गोलिया बरामद गरी भन्सार कार्यालयमा बुझाइएको छ ।

भन्सार छलेर भारतबाट नेपाल भित्र्याउँदै गरेको रु छ लाख १५ हजार चार सय १० बरावरको कुखुरा, अण्डा, माछालगायत बरामद गरी सरोकारवालाको रोहवरमा नष्ट गरिएको सशस्त्र प्रहरी उपरिक्षक ऐरले बताए ।

प्रकाशित मिति : १४ भाद्र २०७७, आइतबार  १० : २६ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह