स्वामी विवेकानन्द कल्चरल सेन्टरद्वारा टिकटकमा भाइरल बनेकी बालिका समैराको प्रशंसा « Khabarhub

स्वामी विवेकानन्द कल्चरल सेन्टरद्वारा टिकटकमा भाइरल बनेकी बालिका समैराको प्रशंसा


१५ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वामी विवेकानन्द कल्चरल सेन्टर, भारतीय दूतावास, काठमाडौंले  टिकटकमा चर्चित बालिका समैरा थापाको अभिनयको प्रशंसा गरेको छ ।

भारतीय एक अनलाइनले समैराका विषयमा प्रकाशित गरेको समाचार शेयर गर्दै कल्चरल सेन्टरले उनको अभिनयको तारिफ गरेको हो ।

कल्चरल सेन्टरले लेखेको छ, ‘ यी सानी नेपाली नानी आफ्नो सुन्दर हाउभाउ र अभिनयका कारण लाखौं मानिसको मनमा बस्न सफल भएकी छिन्। टिक-टकमा सुन्दर रातो जामा अनि रिबनमा सजिएकी समैरा थापाको धेरै भिडियोहरू सार्वजनिक भएका छन् ।’

समैरा भर्खरै दुई वर्षकी भइन् । तर, उनी गीतमा नृत्य गर्नमा भने माहिर छिन् ।

यी सानी नानीले सामाजिक सञ्जाल टिकटकमा नृत्य गरेका भिडियोहरु भाइरल हुन्छन् । उनले गीतअनुसार आफ्नो अनुहारको भाव पनि परिवर्तन गर्छिन् । उनको यो खुबीलाई सामाजिक सञ्जाल प्रयोगकर्ताले खुबै मन पराएका छन् ।

समैरालाई टिकटकमा २ लाख ७० हजारले फलो गरेका छन् । उनका अभिभावकले समैरालाई टिकटक बनाउनमा सहयोग गर्छन् ।

समैरा अझै राम्रोसँग बोल्न पनि सक्ने उमेरकी भएकी छैनिन् । तर, उनले टिकटकमा देखाएको कलाले उनलाई लाखौंले चिनिसकेका छन् ।

भारतीय मिडिया इन्डियन एक्सप्रेसले पनि समैराको तारिफ गर्दै समाचार तयार पारेको छ । समाचारमा भनिएको छ, ‘यी सानी नानीले आफ्नो हाउभाउले दिल जितिरहेकी छिन् ।’

समैराले बनाएका भिडियोमा लाखौं लाइक आएका छन् भने हजारौं प्रतिक्रिया आएका छन् । उनको भिडियो हेरेर धेरैले अभिनय र हाउभाउको तारिफ गरेका छन् ।

समैराकी आमा सबिना थापा भन्छिन् – छोरी सानैदेखि गीत बज्नासाथ नाच्न खोज्थिन् । अहिले पनि युट्युबमा आएका नयाँ गीतमा आफैले टिकटक बनाउँछिन् ।

 

प्रकाशित मिति : १५ भाद्र २०७७, सोमबार  ४ : २८ बजे

वेस्टइन्डिजमाथि रोमाञ्चक जित निकाल्दै सेमिफाइनलमा पुग्यो भारत

काठमाडौं – भारत आइसीसी टी२० विश्वकपको सेमिफाइनलमा पुगेको छ ।

जलेश्वर कारागारबाट फरार व्यक्ति भारतमा हतियारसहित पक्राउ

जनकपुरधाम- नेपाल–भारत सीमाक्षेत्रमा भारतीय सुरक्षाकर्मीले महोत्तरीको जलेश्वर कारागारबाट फरार एक

माओवादीका पूर्वकेन्द्रीय सदस्यसहितका नेताहरू एमाले प्रवेश

काठमाडौँ- नेकपा माओवादी केन्द्रका तत्कालीन केन्द्रीय सदस्य रवि गौतमसहितका नेता

भ्रमपूर्ण सूचना फैलनसक्ने भन्दै पत्रकार महासंघले गरायो सचेत

काठमाडौँ – नेपाल पत्रकार महासंघले निर्वाचनको रिपोर्टिङमा खटेका पत्रकारहरूलाई समाचार

कांग्रेसले भ्रष्टाचारको छानबिन आफैँबाट सुरु गर्छ : उपसभापति शर्मा

भक्तपुर – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकारको नेतृत्वमा आएपछि