पहिलो अन्तर्राष्ट्रिय पदक विजेता केसीमा कोरोना संक्रमण « Khabarhub

पहिलो अन्तर्राष्ट्रिय पदक विजेता केसीमा कोरोना संक्रमण


१६ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय पदक विजेता जीतबहादुर केसी कोरोना भाइरस कोभिड १९ संक्रमण भएको छ ।

दिसामा रगत देखिएपछि उपचारका लागि अस्पताल पुर्‍याइएका उनको पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो ।

उपचारका लागि स्टार अस्पताल लगिएका केसीको स्वाब संकलन गरी टेकु पठाइएको थियो । केसी अहिले होम आइसोलेसनमा रहेको उनका छोरा योगेन्द्र केसीले जानकारी दिए ।

७२ वर्षे केसीले नेपालका लागि सन् १९७३ मा फिलिपिन्समा भएको एसियन एथलेटिक्स च्याम्पियनसिपमा कास्य पद जितेका थिए । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले केसीका बारेमा युवा तथा खेलकुद मन्त्रालय र नेपाल ओलम्पिक कमिटीलाई जानकारी दिएको बताएका छन् ।

प्रकाशित मिति : १६ भाद्र २०७७, मंगलबार  २ : २७ बजे

पर्यटकीयस्थल ढुङ्गे बगैँचामा बहुसांस्कृतिक सङ्ग्रहालय निर्माण सुरु

खोटाङ– विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीस्थित ककनीडाँडामा निर्माणाधीन बुङालुङ पार्क (ढुङ्गे बगैँचा)मा  बहुसांस्कृतिक

आदिवासी जनजाति महासङ्घ, सङ्घीय परिषद् सचिवालय नेतृत्वको औपचारिक घोषणा 

काठमाडौं- नेपाल आदिवासी जनजाति महासङ्घ (नेफिन) ले आफ्नो २१ सदस्यीय

भदौयता लेक लागेर चार विदेशीसहित सात पर्यटकको मृत्यु

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा पर्वतीय ‘हाई अल्टिच्युड’ का कारण लेक

प्रेस रजिष्ट्रारको कार्यालय गण्डकीले सुरु गर्‍यो पत्रकार लेखनवृत्ति कार्यक्रम

गण्डकी– गण्डकी प्रदेश सरकारअन्तर्गत रहेको प्रेस रजिष्ट्रारको कार्यालयले पत्रकार लेखनवृत्ति