पाल्पामा पहिरोमा परी एकजना बेपत्ता « Khabarhub

पाल्पामा पहिरोमा परी एकजना बेपत्ता


१६ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

तानसेन – पाल्पाको रम्भा गाउँपालिका–३ शिखरडाँडामा पहिरोले एक जना बेपत्ता भएका छन् ।

शिखरडाँडाका ३० वर्षीय राजकुमार थापा सोमबार दिउँसोदेखि हराएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मदन गिरीले जानकारी दिए । थापाले दाउरा बोकेर हिँडेको स्थानमा सोमबार दिउँसो ठूलो पहिरो गएको थियो ।

गाउँपालिकाका कृष्ण रेग्मीले आज बिहानदेखि नै प्रहरी र स्थानीय बासिन्दाले पहिरो गएको क्षेत्रमा खोजी गरिरहेको बताए । प्रवक्ता रेग्मीका अनुसार सोमबार पहिरो गएको क्षेत्रमा थापाले दाउरा बोकेर हिँडेको थिए ।

गाई गोठालाले थापालाई पहिरो गएको क्षेत्रमा देखिएको गाउँपालिका प्रवक्ता रेग्मीले बताए ।

घटनास्थलमा अहिले जिल्ला प्रहरी कार्यालय र राम्दी प्रहरी चौकीका टोली खटिएको प्रहरी उपरीक्षक गिरीले बताए । रम्भा गाउँपालिकाको कार्यालय नजिकै पहिरो खस्दा डोजर घटनास्थल पुग्न सकेको छैन ।

प्रकाशित मिति : १६ भाद्र २०७७, मंगलबार  ६ : ५६ बजे

बालिका सम्मेलनः मिथिला विहारी नगरपालिकाद्वारा सात बुँदे घोषणपत्र जारी

धनुषा – मिथिला विहारी नगरपालिकाले ‘बालविवाह बन्द गरौँ’ भन्ने मूल

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि