विप्लव समूहका नेता हेमन्तप्रकाश वलीलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार « Khabarhub

विप्लव समूहका नेता हेमन्तप्रकाश वलीलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार


२७ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– सर्वोच्च अदालतले विप्लव समूहका नेता हेमन्त प्रकाश वलीलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ ।

उनको रिहाइको माग गर्दै दायर भएको बन्दीप्रत्यक्षीकरणको रिट समेत सर्वोच्चले खारेज गर्दै थुनामुक्त गर्न नमिल्ने फैसला गरेको हो ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय अनिल कुमार सिन्हा र टंकबहादुर मोक्तानको इजलाशले हेमन्तकी छोरी विपनाले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट बुधबार खारेज गरेको हो ।

यसअघि चैत १४ गते बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाई गर्दै  प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासले हेमन्तप्रकाश वलीसहितका बन्दीलाई अदालतमा उपस्थित गराउन सरकारका नाममा आदेश जारी गरेको थियो ।

सरकारले गत फागुन १० गते ललितपुरको नख्खुस्थित एनसेल कार्यालयमा भएको बम विस्फोटमा संलग्न रहेको भन्दै वलीसहित विप्लव समूहका अन्य नेतालाई पनि पक्राउ गरेको थियो ।

नेता वलीले विभिन्न सञ्चारमाध्यममा फोन गर्दै १ जनाको ज्यान जानेगरी भएको नख्खु बम विस्फोटको जिम्मा लिएका थिए ।

प्रकाशित मिति : २७ चैत्र २०७५, बुधबार  ४ : ५५ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक