कसरी सर्वाधिक धनी बने बेजोस | Khabarhub Khabarhub

कसरी सर्वाधिक धनी बने बेजोस


२४ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विश्वको एक नम्बर अनलाईन सपिङ अमेजनका संस्थापक र सीईओ जेफ बेजोस विश्वका सबैभन्दा धनी मानिस हुन् । यो बिषयको जानकारी कतिपयलाई थाहा हुनसक्छ तर उनीहरुको सम्पतीको रेकर्डबारे तपाईंलाई जानकारी छ ?

अमेजनका संस्थापक जेफ बेजोस रेकर्ड बनाउनमा चर्चित बनिसकेका छन् । कहिले उनको चर्चा डिर्भोसपछि श्रीमतीलाई अमेजनको ठुलो हिस्सा दिएकोमा बन्यो त कहिले लकडाउनमा सबैभन्दा बढि कमाउने ब्यक्तिका रुपमा । त्यसैले उनी आधुनिक इतिहासका २ सय अरब डलर सम्पती आर्जन गर्ने पहिलो ब्यक्ति बनेका छन् ।

फोर्ब्सका अनुसार अमेजनको स्टक प्राइज ३ प्रतिशतसम्म बढ्नासाथ जेफ बेजोसको नेट वर्थ ४.९ अर्ब डलरले बढेको छ । जहाँ अमेजनमा जेफ बेजोस ११.१ प्रतिशत स्टेक्सका मालिक हुन् । उनकी पूर्व पत्नी ३.८ प्रतिशतकी मालिक हुन् ।

कुनै बेला विश्वको सबैभन्दा धनी मानिसको रेकर्ड बनाउने बिल गेट्स अब दोश्रो स्थानमा झरेका छन् । फोर्ब्सका अनुसार जेफ बेजोसको कुल सम्पती २०४.६ अर्ब डलर छ।

जो बिल गेट्सको कुल सम्पतीभन्दा ९० अर्ब डलर बढि हो । हाल बिल गेट्सको कुल सम्पती ११६.१ अर्ब डलर रहेको छ । फेसबुकका संस्थापक मार्क जुकरबर्ग विश्वको तेश्रो धनी मानिस हुन् । उनको कुल सम्पती १०३.१ अर्ब डलर रहेको छ ।

जेफ बेजोसी पत्नीसंग पनि धनी महिलाको सूचीमा परेकी छन् । हाल उनको सम्पती ६३ अर्ब डलर पुगेको छ । उनी विश्वको दोस्रो धनी महिला हुन् ।

उनलाई लारियल कम्पनीकी मालिक फ्रैन्कोइस बेटनकोर्ट मियर्सले पछि पारेकी छन् । मियर्स विश्वको धनी महिला हुन् ।

प्रकाशित मिति : २४ भाद्र २०७७, बुधबार  ५ : ४७ बजे

बढ्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौं-नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले आइतबार

रास्वपा छोड्ने संकेत गर्दै तोसिमा कार्कीले भनिन् : आत्मसम्मानमा प्रहार हुन्छ भने साथीहरू निस्किन्छन्

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीभित्र निरन्तर पार्टी पुनर्निमाण हुनुपर्छ भन्दा संस्थापन

सञ्चारमन्त्री खरेल स्वदेश फिर्ता

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल गणतन्त्र कोरियाको सिओलमा

बङ्गलादेशमा एक अल्पसङ्ख्यक इस्लामिक सम्प्रदायद्वारा प्रदर्शन

एजेन्सी– बङ्गलादेशको राजधानीमा शनिबार दशौँ हजार प्रदर्शनकारीहरू भेला भई चुनावअघि