भारतमा एकै दिन ८९ हजार जनामा कोरोना भाइरसको संक्रमण « Khabarhub

भारतमा एकै दिन ८९ हजार जनामा कोरोना भाइरसको संक्रमण


२४ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतमा पछिल्लो २४ घण्टामा ८९ हजारभन्दा बढीमा संक्रमण देखिएको छ ।

यसअघि सोमबार ९१ हजार ७२३ जनामा संक्रमण पुष्टि भएर नयाँ कीर्तिमान कायम भएको भारतमा बुधबार भने संक्रमित संख्या केही घटेको हो ।

बुधबार बिहान यो समाचार तयार पार्दासम्म भारतमा ८९ हजार ८५२ जना संक्रमित भएका छन् । योसँगै भारतमा कोरोना संक्रमितको संख्या ४३ लाख ७४ हजार ३१४ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ३३ लाख ९८ हजार ८४४ जना संक्रमणमुक्त भएका छन् भने ९ लाख १ हजार ५१७ जनाको उपचार भइरहेको छ ।

यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ७३ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १ हजार १०७ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ७३ हजार ९५३ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

 

 

प्रकाशित मिति : २४ भाद्र २०७७, बुधबार  ४ : ०३ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना