युनाइटेडका शाको उपहार गोलमा बार्सिलोना विजयी « Khabarhub

युनाइटेडका शाको उपहार गोलमा बार्सिलोना विजयी


२८ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

एजेन्सी-च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा स्पेनिस महारथि बार्सिलोनाले इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडमाथि साघुँरो जीत हात पारेको छ । वल्ड ट्राफोर्डमा भएको खेलमा बार्सिलोनाले युनाइटेडलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

हजारौं दर्शकमाझ आफ्नो घरेलु मैदानमा भएको खेलमा युनाइटेडले बार्सिलोनासँग सम्हालीएर खेलेको थियो । ट्राफोर्डमा बार्सिलोनासँगको सातौं भेटमा युनाइटेडले तेस्रो पटक बार्सिलोनालाई खेल सुम्पिएको हो । बार्सिलोनाको जीतका लागि युनाइटेडका लुका शाले गरेको आत्मघाती गोल निर्णायक बन्यो ।

युनाइटेडविरुद्ध बार्सिलोनाका स्टाइकर तथा कप्तान लियोनल मेस्सी तथा लुइस स्वारेजले आक्रामक खेलेपनि अन्तिम समयसम्म पनि गोल गर्न सकेका थिएनन् । तर, खेलको १२ औं मिनेटमा शाले गरेको आत्मघाती गोल उपहार पाएको बार्सिलोनाले पहिलो लेग जीतेको हो ।

पराजित युनाइटेडले बार्सिलोनाविरुद्ध पटक-पटक गोल अवसर सिर्जना गरेपनि गोल हुन नसक्दा पराजित हुनुपरेको प्रशिक्षक ओले गनर सोल्सायरले बताएका छन् ।

‘पहिलो हाफमा हामी केही नर्भस भएपनि बार्सिलोनाले गोल गरीसकेकपछि युनाइटेडले व्यवस्थीत र टिम सेट भएर राम्रो खेलेको थियो,’ उनले बीबीसीसँग खेलपछि बोल्दै भने,‘बार्सिलोनाविरुद्ध हाम्रो मिडफिल्डमा खेलाडीहरुले व्यक्तिगत राम्रो प्रदर्शन देखाए । मेस्सी र स्वारेजको बल गोल हुँदा यो अचानक लुका शाको खुट्टामा लाग्न पुग्यो । तर, पनि हामी अझै तालिकामा छौं । नाउ क्याम्पामा दोस्रो लेगबाट खेलमा फर्किन सक्छौं ।’

यस्तै, विजयी टोलीका प्रशिक्षकले खेल प्रतिस्पर्धात्मक भएपनि नतिजा आफ्नो पक्षमा परेको भन्दै खुसी व्यक्ति गर्दै दोस्रो लेगमा अझै राम्रो गर्ने बताएका छन् ।

प्रकाशित मिति : २८ चैत्र २०७५, बिहीबार  ७ : ३३ बजे

दक्षिण कोरियाको निर्यात वृद्धि तीव्र

एजेन्सी– विश्व बजारमा अर्धचालक तथा कम्प्युटर भण्डारण उपकरणको माग निरन्तर

ट्राफिक प्रहरीले धनीलाई बुझायो चोरीका ५० मोटरसाइकल

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट

आईसीयू अन्तर्वार्तामाथि सांसद बास्कोटाको आपत्ति, भनिन्,‘मानिसको जीवनभन्दा ठूलो कन्टेन्ट र भ्यूज हुँदैन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समीक्षा बास्कोटाले छाउनीस्थित वीरेन्द्र सैनिक

अन्तर्राष्ट्रिय दर्शक लक्षित गरी हङकङमा नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’को विशेष शो

काठमाडौं – संसारकै सर्वोच्च शिखर सगरमाथा आरोहणको साहासिक कथा र

मेल–इन मतदान रोक्ने ट्रम्पको प्रयासमा सर्वोच्चको रोक

वासिङ्टन- अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले नोभेम्बरमा हुने मध्यावधि