कोरोनाबारे मानसिक तनाब नलिऔं, आत्मबल बढाऔं : डा अधिकारी | Khabarhub Khabarhub

कोरोनाबारे मानसिक तनाब नलिऔं, आत्मबल बढाऔं : डा अधिकारी


२९ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मानसिक रोग विशेषज्ञ डाक्टर अनन्त अधिकारीले मानसिक स्वास्थ्य समस्यालाई नलुकाउन आग्रह गरेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित लाइभ अपडेटमार्फत डा अधिकारीले मानसिक स्वास्थ्य समस्या मनोपरामर्श तथा औषधि उपचारबाट निको हुने भएकाले रोग नलुकाउन आग्रह गरेका हुन् ।

डा अधिकारीले कोरोना महामारीको समयमा कोरोनासंँगै अन्य शारीरिक तथा मानसिक स्वास्थ्यलाई पनि हेर्नुपर्ने बताए ।

उनले धेरै मानिसहरुलाई नजानी-नजानी गाँज्ने रोग डिप्रेसन भएको बताए । उनले निराश हुने व्यक्तिलाई मात्र डिप्रेसन भएको नमानिने बताए ।

डा अधिकारीका अनुसार शारीरिक रुपमा कुनै समस्या नभएको तर दुई साताभन्दा बढी समय लगातार विना कारण हरेर समय निराशा, नरामाइलोपनको महशुस गर्ने भएमा त्यो व्यक्तिमा डिप्रेसन भएको हुनसक्ने बताए ।

आफूलाई पहिला-पहिला रमाइलो लाग्ने, आनन्द लाग्ने कुरामा पनि रमाइलो लाग्न छोड्ने, साना-साना काम गर्दा पनि थकित महशुस गर्ने तर स्वास्थ्य परीक्षण गर्दा शारीरिक समस्या देखिदैन भने त्यस्तो व्यक्तिलाई डिप्रेसन भएको हुनसक्ने बताए ।

डा अधिकारीले विश्वमा एकै पटक ४ प्रतिशत मानिसमा डिप्रेसन हुनसक्ने बताए ।

नेपालमा धेरै जस्तो मनोरोगीहरु उपचारबाट बञ्चित भएको बताए । उनले सेवाको पहुँच नहुँदा र रोग लुकाउने प्रवृत्तिले गर्दा उनीहरु उपचारबाट बञ्चित भएको डा अधिकारीले बताए ।

डा अधिकारीका अनुसार डिप्रेसनको लक्षण यस्ता छन्ः

–दुईसाता भन्दा बढी समयसम्म हरेक दिन निराशाको भावना आउने,
–दिक्दारीपन हुने,
–रमाउन मन नलाग्ने,
–थोरै काम गर्दा पनि गल्ने वा थाक्ने,
–भोक तथा निद्रामा गढबढी हुने,
–आफ्नो वरिपरिको वातावरण तथा भविष्य व्यर्थ लाग्ने,
– आफ्नो जीवन समाप्त भएपछि हुन्थ्यो भन्ने भाव आउने,
–आत्महत्याको भावना आउने,
–अन्तिम अवस्थामा पुग्दै जाँदा विक्षिप्त अर्थात साइकोसीस हुने
–शारीरिक सक्रियता हुने, थला पर्ने आदि डिप्रेसनको लक्षण हुन ।

डा अधिकारीले डिप्रेसनलाई प्रभाव पार्ने, जैवीक, मनोवैज्ञानि र सामाजिक कारण हुने बताए ।

उनले डिप्रेसन जो सुकैलाई पनि हुनसक्ने बताए । उनले सेलीव्रेटीदेखि नेताहरुमा पनि डिप्रेसन हुनसक्ने बताए ।

उनले डिप्रेसनको उपचार पद्धति दुई प्रकारको भएको बताए । उनले डिप्रेसनको मनोवैज्ञानिक उपचार अर्थात साइकोथेरापी र अर्को औषधि उपचार भएको बताए ।

डा अधिकारीका अनुसार सामान्य र भर्खरै देखिएका डिप्रेसनका लक्षणहरुमा मनोपरामर्शले पनि निको हुनसक्छ । तर डिप्रेसनका कारण व्यक्तिको दैनिक तथा सामाजिक जीवनमा असर परेको छ भने त्यसको भने औषधि उपचार नै गर्नुपर्ने डा अधिकारीले बताए ।

उनले केही महिनाको उपचारले व्यक्ति पूर्ण रुपमा स्वास्थ्य हुने बताए । डिप्रेसन निको हुने रोग भएकाले डिप्रेसनको लक्षण देखिएमा उपचारको दायरामा आउन पनि सबैलाई आग्रह गरे ।

उनले आत्मबल बलियो बनाउन सुझाउँदै संसारमा विगतमा धेरै थरिका महामारी आएकाले यो कोरोना माहामारी पनि टरेर जाने विश्वास गर्न सबैलाई आग्रह गरे ।

यस्तो गरेर कोरोनाको त्रासबाट बच्न सकिने र मानसिक त्रासबाट पनि बच्न सकिने उनको धारणा छ ।

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  ६ : ५१ बजे

धरान उपमहानगरको बजेट पारित गर्ने प्रक्रिया अगाडि बढ्यो

धरान – लामो समयदेखि बजेटविहीन बनेको धरान उपमहानगरपालिकाले चालु आर्थिक

निषेधित क्षेत्रमा अनुमति लिएर भ्रमण गरेका पर्यटकबाट ३० करोड राजश्व

गण्डकी – पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप)मा

भारतका प्रधान न्यायाधीश गवई भेटघाटमा व्यस्त, न्यायिक सहकार्यमा जोड

काठमाडाैं – भारतका प्रधान न्यायाधीश भूषण रामकृष्ण गवई नेपाल भ्रमणमा

एमालेमा विद्यालाई रोक्न नहुने मत बलियो, समूह छलफलमा प्रदेश अध्यक्ष समेतले गरे नेतृत्वको आलोचना

काठमाडाैं । नेकपा एमालेको दोस्रो विधान महाधिवेशनअन्तर्गत प्रस्तुत विभिन्न प्रतिवेदनहरूमा

इन्द्रजात्राको महाकाली नाचमा सहभागी कलाकारहरू (तस्बिरहरू)

काठमाडौं – इन्द्रजात्रामा महाकाली नाचको प्रस्तुतिमा सहभागी कलाकारहरूले इन्द्रजात्राको क्रममा