उद्योग वाणिज्य महासंघको महाधिवेशन अब मंसिर ११ र १२ गते हुने | Khabarhub Khabarhub

उद्योग वाणिज्य महासंघको महाधिवेशन अब मंसिर ११ र १२ गते हुने


२ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरसको संक्रमण फैलिएपछि पटक-पटक स्थगित हुँदै आएको  नेपाल उद्योग वाणिज्य महासंघको आगामी ५४ औँ साधारण सभाको नयाँ मिति तोकिएको छ ।

शुक्रबार बसेको महासंघको पदाधिकारी बैठकले आगामी मंसिर ११ र १२ गते काठमाडौंमा हुने गरी नयाँ मिति तय गरेको हो । यसअघि २ पटकसम्म साधारणसभाको मिति तोकिए पनि अन्तिम समयमा आएर स्थगित भएको थियो ।

शुक्रबार बसेको पदाधिकारी बैठकले चाडपर्व सकिएपछि काठमाडौंमै साधारणसभा गर्ने निर्णय गरेको हो। साथै आजको निर्णयलाई आगामी असोज ११ वा १२ गते बस्ने कार्यसमिति बैठकले अनुमोदन गर्नेछ।

चैत २८ र २९ गतेका लागि साधारणसभाको मिति तय गरिपनि कोरोना संक्रमणको कारण स्थगित भएको थियो।

त्यस्तै लकडाउन खुकुलो भएसँगै साउनको २६ र २७ मा साधारण सभा गर्ने नयाँ मिति तय गरेको थियो । तर, सरकारले सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार, प्रदर्शन, भेला तथा सम्मेलन गर्न लगाएको प्रतिबन्ध कायमै रहेपछि महासंघले साधारणसभा स्थगित गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  १० : ४५ बजे

रिब्दीकोटका किसानले अकबरे खुर्सानी बिक्री गरेर दसैँतिहार मनाए

पाल्पा – यहाँको रिब्दीकोट गाउँपालिका फेकका जितबहादुर छहरीले अबकरे खुर्सानी

आहारको व्यवस्थापनले गिद्धको आगमन बढ्दै

तनहुँ – जिल्लाको व्यास नगरपालिका-१० दुम्सी सिशुवा भतेरीस्थित शिवालय गौ

तोडफोड र आगजनीमा संलग्नलाई सार्वजनिक गर्नुपर्ने एमालेका युवा माग

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का युवा नेताहरूले गत

ओली निवास निर्माणका लागि चन्दा उठाइँदैन : महेश बस्नेत

काठमाडौं – नेकपा (एमाले) नेता महेश बस्नेतले पूर्वप्रधानमन्त्री तथा पार्टी

इयूले चिनियाँ दुर्लभ खनिजमाथिको निर्भरता अन्त्य गर्ने

बर्लिन – बेइजिङले धेरै प्रमुख क्षेत्रमा आवश्यक खनिज निर्यातमा थप